arrow

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमणको पुष्टी

प्रदेशमा हालसम्म ४ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

logo
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
corona-test-kit.jpg

जनकपुर ।  प्रदेश नम्वर २ मा पछिल्लो २४ घण्टामा ९६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ । जस अनुसार सप्तरी जिल्लामा ५ जना, धनुषा जिल्लामा १ जना, सर्लाही जिल्लामा ४ जना, रौतहट जिल्लामा ७३ जना, बारा जिल्लामा ४ जना र पर्सा जिल्लामा ९ जनामा कोरोना संक्रणको पुष्टी भएको हो । सप्तरी जिल्लाको राजबिराज नगरपालिकाका ५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषा जिल्लाको खजुरी क्वारेन्टाईनमा रहेकी बर्ष ५० की १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाही जिल्लाको कौडेना गाउँपालिकाका २ जना पुरुष तथा सर्लाही जिल्लाकै मलंगवा नगरपालिकाका १ जना पुरुष र १ जना महिलागरी कुल ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

रौतहट जिल्लाको राजपुर नगरपालिका स्थित राजपुर फतवाको क्वारेन्टाईनमा रहेका ५० जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ भने रौतहटकै बोधिमाई नगरपालिका स्थित सरमझुवा क्वारेन्टाईनमा रहेका २ जना, सोही जिल्लाको मौलापुर नगरपालिका स्थित पतौरा प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाईनमा रहेका ६ जना पुरुषमा कोरोना संक्रमण पुुष्टि भएको छ ।

त्यसैगरी रौतहट जिल्लाकै इशनाथ नगरपालिका स्थित डुमरिया मा.वि.को क्वारेन्टाईनमा रहेका २ महिला र १३ जना पुरुषहरुमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । 

बारा जिल्ला पचरौता गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ४ जना, पर्सा जिल्ला स्थित जिरा भवानी गाउँपालिकामा १ जना र पोखरिया नगरपालिकामा ८ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै यो प्रदेशमा हालसम्म ४ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड विशेष अस्पतालबाट हिजो मित २०७७ साल जेठ १५ गते १ जना संक्रमित उपचार पश्चात निको भएर डिस्चार्ज भएका छन् ।  यो सँगै यस प्रदेशमा ९८ जना कोरोना संक्रमण प्रमाणीत भएका ब्यक्तिहरु उपचार पश्चात निको भएका छन् ।   

त्यसैगरी पि.सि.आर.परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा २३ पुरुष र १ महिलागरी कुल २४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसेलसन कक्षमा कोरोना संक्रमित १४ जना पुरुषहरुको उपचारभइरहेको छ ।

 त्यसैगरी धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा ३ महिला र २६ पुरुषगरी कुल २९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलसन कक्षमा १८ पुरुष र १ महिलागरी कुल १९ जना संक्रमितहरुको उपचार भइरहेको छ । 

सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित २० जना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । रौतहट जिल्ला स्थित चपुर अस्पतालमा ७ जना पुरुष, रौतहट जिल्लामा नै रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ४ महिला र २५ पुरुषगरी कुल २९ जना र रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बारा जिल्लाको कलैया अस्पताल अन्तर्गत रहेको आइसोलेसन कक्षमा ४४ जना पुरुष र २ जना महिलागरी ४६ जना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा ९ जना कोरोना संक्रमित पुरुषहरुको बिरगंज महानगरपालिका स्थित गण्डक अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ