arrow

लोकतान्त्रिकको अध्यक्ष फेरि गच्छदार, मुलुकलाई सहमतीय सरकार चाहियो

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
Bijaya_Gachhadar.jpg.jpeg
विराटनगर । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को प्रथम राष्ट्रिय महाअधिवेशन पार्टीको विधान पारित गर्नाका साथै पार्टी अध्यक्षमा विजयकुमार गच्छदार तथा ४२ केन्द्रीय सदस्यलाई निर्विरोध निर्वाचित गरी आज सम्पन्न भएको छ । 
 
दलको नाम परिवर्तन भने कार्यकर्ताबाट प्राप्त सुझावका आधारमा नवनिर्वाचित केन्द्रीय समितिको बैठकले चयन गर्ने भएको छ । यही वैशाख २० गते सुरु भएको महाधिवेशनमा ६२ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरी दुई हजार ८०० को सहभागिता थियो । 
 
अधिवेशनको समापनका अवसरमा नवनिर्वाचित पार्टी अध्यक्ष गच्छदारले राष्ट्रिय एकता, राजनीतिक स्थिरता र सहमतिका आधारमा मुलुकलाई अगाडि बढाउन पार्टीले भूमिका निर्वाह गरिरहेको बताउँदै ठूला दलबीचको सहमतिका साथै मधेसी मोर्चालाई पनि सहमतिमा लिएर अगाडि बढेमा मात्र मुलुकको समस्या समाधान हुने स्पष्ट पारे । 
 
“संविधानको कार्यान्वयनका साथै मुलुकमा स्थिरता, समृद्धि, शान्ति र विकासका लागि सहमतीय सरकार आवश्यक छ, यसका लागि काँग्रेस र एमाले लगायतसँग छलफल गर्न म तयार छु” उनले भने  । 
 
 
महाधिवेशन तयारी समितिका संयोजक भारतेन्दु मल्लिक, पार्टीका मोरङ जिल्ला अध्यक्ष भक्तिनाथ माझी लगायतले महाधिवेशनका सम्बन्धमा प्रस्ट्याए । यसअघि महाधिवेशनका निर्वाचन संयोजक नासिर सिद्धिकीले नवनिर्वाचित अध्यक्ष गच्छदारका साथै केन्द्रीय सदस्यलाई प्रमाणपत्र प्रदान गरी सपथ गराएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ