arrow

ओली–दाहाल लेनदेन : वामदेब–नारायणकाजीहरुले बनाए ११ बुँदे ‘रोडम्याप’

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
KP-oli-vs-Prachanda.jpg.jpeg
काठमाडौं । वर्तमान केपी शर्मा ओली सरकार ढल्नबाट जोगिएसंगै नेपाली राजनीतिक पृष्ठभमि फेरिने भएको छ । एकाएक सरकार परिवर्तनको सरगर्मी बढिरहेकै बेला एमाओवादीले एमालेको गोप्य प्रस्तावमा सहमति जनाएसंगै राजनीतिक पृष्ठ भूमि बदलिन लागेको हो । 
सम्बन्ध फाटेको दुई दिन नवित्दै सत्तारुढ दुई दल एमाले र एमाओवादीले नयाँ ‘रोडम्याप’ तयार गरी सम्बन्ध सुधारर्ने प्रयास गरेका छन् ।
 
वुधबार विहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न दलहरुलाई आह्वान गरेपछि दिभर एमाले तनावमा रहयो । साँझ बसेको एमाले बैठकले दाहाललाई मनाउने उपयुक्त विकल्प र व्यक्ति तयार गरी विहिबार विहानै दाहालको दैलोमा पठायो । दाहाललाई मनाउन एमाले उपाध्यक्ष बामदेव गौतमको भूमिका महत्वपूर्ण रहयो । गौतमले दाहालसंग भएको गोप्य सहमतिबारे यसअघि कसैलाई भनेनन् ।
 
अब भने, उनी लगायत एमाओवादीका दोस्रो तहका नेताले ११ बँुदे मापदण्ड तयार गरेका छन् । सहमतिको दस्तावेज एमालेका उपाध्यक्ष गौतम र एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतले तयार गरेका हुन् । दिउँसो हाम्राकुरासंग कुरा गर्दै गौतमले गोप्य छलफलबारे भन्न मिल्दैन भन्दै अबको केही घण्टामै दुवै दलको संयुक्त वक्तव्य आउने जानकारी गराएका थिए । ११ बुँदे समझ्दारीमा सरकार संचालन र युद्धकालिन मुद्दा सत्यनिरुपण आयोगको क्षेत्राधिकार भित्र ल्याउने विषय र सत्ता हस्तान्त्रणका लागि भद्र सहमति जस्ता प्रमुख विषयहरु उल्लेख भएका स्रोतले जनाएको छ । 
 
सहमतिको दस्तावेजलाई एमाआवादी अध्यक्ष पुष्पकमल दाहाल  र एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम रुप दिँदै छन् । जसका लागि बाटुवाटारमा बैठक बसेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ