सलमानसहित १० स्टार जो फ्लप चलचित्र दिएर बने सुपरस्टार
प्रकाशित २०७७ जेठ १८ आइतबार
586
Shares
एजेन्सी । सफल हुनको लागि कडा मेहेनतका साथ-साथै भाग्य हुन पनि आवश्यक छ । आज सलमान खान बलिउडका एक सुपरहिट अभिनेता हुन् । उनको पछिल्लो कुनै पनि चलचित्रले १ सय करोड भन्दा कम को रेकर्ड राखेको छैन ।
तर के तपाईलाई थाहा छ ? उनको करियरको सुरुवाती चलचित्र फ्लप भएको थियो । 'बीवी हो तो ऐसी' उनको पहिलो बलिउड चलचित्र हो । पहिलो चलचित्र फ्लप भएपनि हौसला नहारेका सलमानले दोस्रो चलचित्र 'मेने प्यार किया' मा अभिनय गरे । जुन चलचित्रको त्यस समयमा सर्वाधीक सफल भयो ।
चलचित्रको चर्चा अहिले पनि हुने गरेको छ । हेरौ बलिउडमा फ्लप चलचित्र दिएर सफल बनेका सुपरस्टारहरु ।