arrow

राष्ट्रिय स्वाभिमानप्रति ध्यान पुर्‍याउन प्रमको आग्रह

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
kp-oli-final-final9.jpg.jpeg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमान, राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, एकता, शान्ति र सामाजिक सद्भावलाई कायम राख्नेतर्फ सिङ्गो सञ्चार जगत्ले ध्यान दिने विश्वास व्यक्त गरेका छन्।
 
प्रथम राष्ट्रिय पत्रकारिता दिवस (वैशाख २४) का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले पत्रकारले इतिहासप्रति गौरव गर्न सकून् र चुनौतीको सामना गर्दै जनउत्तरदायी पत्रकारिताको माध्यमबाट जनतालाई निष्पक्ष र स्वतन्त्ररुपमा सूचना प्रवाह गर्न सकून् भन्ने उद्देश्यले दिवस मनाउन निर्णय भएको स्पष्ट गरे। वैशाख २४ नेपालको पहिलो अखबार ‘गोरखापत्र’ प्रकाशन(विसं १९५८)को मिति हो।
 
उनले जननिर्वाचित संविधानसभाबाट जारी भएको संविधानमा प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरिएको र मुलुक संविधान कार्यान्वयनको चरणमा अगाडि बढिरहेको अवस्थामा संविधानले सुनिश्चित गरेका लक्ष्य प्राप्तिका लागि स्वदेश तथा विदेशमा रहेका पत्रकार तथा सञ्चारकर्मीले राष्ट्रिय स्वाभिमानप्रति आफ्ना लेखनीमा पर्याप्त ध्यान पुर्‍याउनुहुनेछ भन्ने विश्वास व्यक्त गरेकाछन्।
 
उनले स्वच्छ, निर्भीक, स्वतन्त्र, जिम्मेवार, व्यावसायिक एवम् आत्मनिर्भर पत्रकारिताबाट नै यस क्षेत्रको प्रतिष्ठा अभिवृद्धि हुने पनि जनाएकाछन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ