arrow

प्रधानसेनापति राजेन्द्र क्षत्री स्वदेश फिर्ता

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
nepal-army-3.jpg.jpeg
काठमाडौँ। प्रधानसेनापति राजेन्द्र क्षत्री डेढ साताको अमेरिकाको औपचारिक भ्रमण पूरा गरी गएराति स्वदेश फर्ककीएका छन्।
 
प्रधान सेनापति स्वदेश फर्कनु हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी लगायतका उच्च सैनिक अधिकारीहरुले स्वागत अभिवादन गरेका थिए।
 
सो अवसरमा सेनाको टुकडीले प्रधान सेनापतिको सम्मानमा सम्मान गारत प्रदान गरेको थियो।
 
अमेरिकी सेनाको कमान्ड एण्ड जनरल स्टाफ कलेज, फोर्ट लिभेनवर्थ, कान्सास र वार कलेज, कार्लिस्ले ब्यारेक, पेन्सिलभेनियामा इन्टरनेसनल फेल्लोज हल अफ फेम इन्डक्सन (इएचओएफ) समारोहमा भाग लिन प्रधान सेनापति यही वैशाख १२ गते त्यसतर्फ प्रस्थान गरेका थियो।
 
अमेरिकी सेनाका शिक्षण संस्थाले त्यहाँबाट शिक्षा लिएर उच्च ओहोदामा पुग्ने शिक्षार्थीलाई सम्मान दिने प्रावधानअनुरुप प्रधानसेनापति क्षत्री सम्मान ग्रहण गर्न गएका हुन।
 
यी दुवै अमेरिकी सैनिक शिक्षण संस्थाको इन्टरनेसनल हल अफ फेममा सम्मानित हुने उनी नेपाली सेनाको पहिलो प्रधानसेनापति हनु्।
 
अमेरिका भ्रमणमा रहँदा प्रधानसेनापतिले त्यहाँका उच्चपदस्थ अधिकारीलगायत वरिष्ठ सैनिक अधिकृत र संयुक्त राष्ट्रसङ्घका पदाधिकारीसँग भेटवार्ता गर्नुभयो।
 
प्रधानसेनापतिको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सम्बन्धलाई थप प्रगाढ र सुदृढ तुल्याएको नेपाली सेनाले विश्वास लिएको छ। रासस
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ