arrow

कोरोनाको समय जनकपुरका घरधनीलाई भाडाको चिन्ता : पैसा नदिए कोठा खाली गर्न किचकिच

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ जेठ १९ सोमबार
rental-agreement.jpg.jpeg

जनकपुरधाम । कोरोना भाइरस कोविड १९ बाट देश त्राहि त्राहि भएको समय जनकपुरधाममा घरभाडा र सटर भाडाको लागि घरधनीहरुले भाडावाललाई दबाब दिन थालेका छन्। विश्व महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण आक्रान्त रहेको समयमा प्रदेश नम्बर दुईको राजधानी जनकपुरका घरधनीहरु भाडाको चिन्ता रहेका छन।
 
जनकपुरमै ठाउँठाउँमा घर भएकाहरुको पारा पनि उस्तै रहेको हो। उनीहरुले आफ्नो खाने बाटो घरभाडा रहेको भनि भाडाको लागि किचकिच गर्ने गरेको भाडामा बस्नेहरुको गुनासो गरेका छन् ।

अहिलेको सरकारले घरधनीहरुले लकडाउन अवधीको भाडा छुट गरेर धर्म कमाउनु भनेपनि उनीहरुले टेरपुच्छर लाएका छैनन् । घरधनीहरुले हामीलाई धर्म कमाउनु छैन भाडा ल्याउ नत्र भने घर खाली गर भनेर धम्की समेत दिने गरेका नाम नखोल्ने सर्तमा , भानु चोक स्थित कपडा पसल गर्दै आएको एक पसले भने ।
 
यसबाट पनि घरधनी बनेकाहरुको हृदयमा कतिसम्म घमण्ड जकडिएको छ भन्ने स्पष्ट हुन्छ । धर्मको नाममा रु. ५ देखि १० को अगरवत्ती भगवानलाई देखाउने, चन्दनटिका निधारमा लामो लाउने त गरेका छन् । तर वास्तविक धर्ममा पनि पछाडी देखिएको हो । भगवान आफै सम्पन्न रहेका छन् भगवानलाई श्रद्धा र भक्ती आवश्यक हुन्छ । वास्तविक धर्म भनेको त शरणार्थीजस्तो भएर कसैको घरमा बसेकाहरुलाई राहत दिनु हो । तर त्यस्तो गरिएको छैन । उल्टै भाडाभाडा गरेर तागेदा गर्ने काम घरधनीहरुबाट भइरहेका छन।

यसमा सरकारको पनि गल्ती रहेको देखिन्छ । कारण सरकारले दिएको निर्देशन पालना नगरेको गुनासो आएका घरधनीहरुलाई कुनै कारवाही हुंदैन । जनकपुरमा जनप्रतिनिधी बनेकाहरुले समेत घरभाडाको लागि तागेदा गर्ने गरेको गुनासो पनि आइरहेका हुन ।

आखिर उनीहरुले जनताको सेवाको लागि पदधारण गरेको बताउने गरेका छन् । तरपनि उनीहरुले आफ्नो घरमा बहालमा बसेका भाडेदार वा व्यापारीको लकडाउन अवधीको भाडा छुट गर्ने नैतिकता देखाउनुपर्ने तर उनले उल्टै थर्काउने गरिन्छ। यस्ले गर्दापनि जनताको नाममा राजनीति गरेर पदधारण गरेकाहरुको नैतिकतामा प्रश्न चिन्ह खडा भएको हो। यदि राज्यले भाडामा बस्नेको गुनासोलाई आधारमानी घरधनी बनेर घमण्ड पालेकाहरुमाथि कारवाही गर्ने साहस गर्छ भने पक्कैपनि राज्यको निर्देशन पालना हुन्छ । 

अबका दिनमा राज्यले सबै नेपाली नागरिकको लागि मासिक सहुलियत रकम चुकाउने गरी घरको व्यवस्था गरिदिन्छ भने भाडामा बाँच्न पल्केका महाविरहरुको मनोमानी तन्त्र पक्कैपनि हट्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ