arrow

नेपालको राजनीतिमा भारत खस्किदै, चीन उदाउँदै

logo
राजनीति ब्यूरो,
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
china-nepal-india.jpg.jpeg
काठमाडौं। निरन्तर नेपालको राजनैतिक बृतमा सिधा हस्तक्षेप गरिरहेको भारत नेपालमा सरकार परिवर्तन गर्न असफल भएपछि भारतमा तरंग उत्पन्न भएको छ। पछिल्लो घटनाक्रमले नेपालको राजनीति आफ्नो पकड गुम्दै गएको आभाष भएपछि ओली सरकारलाई जसरी भए पनि गिराउने खेलमा भारतले खुलेर नै अघि बढेको धेरैको बुझाइ रहदै आएको छ।
 
संबिधान निमार्ण प्रक्रियामा अनावश्यक हस्तक्षेप गरेको भारतको दवदवा चिर्न ओलीले पनि चीनको साथ लिन थालेपछि भारत आत्तिएर नाकाबन्दी सम्मको हर्कत देखायो। त्यो समय देखि जनताको स्तरमा समेत भारत बिरोधी जग इतिहास कै बलियो बन्यो। अझ चीनमा जाँदा प्रधानमन्त्री ओलीले गरेका कतिपय सम्झौताले नेपाल आफ्नो पकटबाट सदाको लागि चीनको पटकमा जान लागेको भारतीय पक्षको बुझाइको कारण यो सरकारलाई जुनसुकै मूल्यमा भए पनि बिस्तापन गर्ने भारतीय पक्षको योजना सफल नजिकै पुगेर हाललाई तुइएको छ। बजेट बन्ने बितिक्कै प्रचण्डलाई प्रधानमन्त्री बनाउने एमालेले आश्वासन दिए पनि यो सरकार लामो समय टिक्ने आधार बनेको छ।
 
ढल्नै लागेको ओली सरकार चीनको अस्वभाविक सकृयताले यु ट्रन भएको छ। चीनसग नजिक देखिएका एमाले नेताद्वय झलनाथ खनाल र बामदेव गौतमले सरकारको बिरुद्धमा भड्किएका एमाओवादी नेता पुष्प कलम दाहाललाई समालेसगै ओली सरकारको आयु हाललाई लम्बिएको छ। 
 
चीनलाई पनि यो सरकार ढलेमा ओली सरकारसग भ्रमणमा भएको पारवाहान लगायत बिभिन्न सम्झौताहरु तुइने र नेपाल फेरी भारतसग नै टासिएला भन्ने आभाषको कारण चीनले यो सरकारलाई बचाउन सकृयता देखाएको कतिपयको बुझाइरहेको छ।
 
चीनसग भएको सम्झौता पछि भारतमा बिभिन्न बिश्लेषकहरुले भारतको नेपाल नीति 'फेल' भएको टिप्पणी गर्दै लेखहरु लेखेका थिए। नेपालको मामिलामा नाकबन्दी देखि असफल र प्रत्येक कदममा पछि परिरहेको भारतले यसपाली राम्रै चौका मारौंला भन्ने थियो तर एनेकपा माओवादीका नेता प्रचण्डले सरकार परिवर्तनको पक्षमा देखाएको सहमती २४ घण्टा बित्न नपाउँदै फिर्ता लिनुमा आन्तरिक राजनीति भन्दा बाहिरी राजनीति हावी हुनु नै मूल कारण भएको बिश्लेषकहरु बताउदछन्।
 
भारतले नेपालमा आफ्नो पुरानो साख गुमाउँदै गएको स्तिथिमा उ अझ उग्र भएर खनिने  पक्का छ। भारतले समेत नेपाललाई मित्रगत ब्यवहार भन्दा पनि आफ्नै दवावमा राखेर ब्यवहार गर्ने भएका कारण समेत उसलाई अफ्यारो पर्दे गएको छ। भारतलाई नेपाल आफ्नो हातबाट चिप्लेको भान भैसकेपछि अब भारतले कस्तो रणनीति लिने हो त्यो भने समयले बताउने छ। तर चीनको प्रत्यक्ष उपस्थितिले भारतलाई  आगामी दिनमा अझ अफ्यारो पार्ने देखिन्छ। सरकार परिवर्तनमा पनि भारतले आफ्नो हार देखेपछि भारतीय मिडियाहरुमा भारतको अर्को हार भनेर समाचारहरु आउन थालेका छन ।
 
उता, चीनसँग गरिएको सम्झौताहरु कार्यान्वयन गर्न नदिने मनसायले नयाँ सरकार बन्न लागेको बुझेको चीनले माओवादीका नेता कृष्ण बहादुर महरा तथा एमाले नेताद्वय झलनाथ खनाल र बामदेव गौतमलाई सकृय गराएर निर्णय फिर्ता गर्ने काम गराएको धेरैको बुझाइ रहेको छ। चीनका राजदुत तथा यी नेताहरु बिचमा दिनभए बाक्लै सम्बाद भएको जानकारहरु बताउदछन्। 
 
भारतको आडमा रहेको अख्तियारले महरालाई सांसद किनबेच र क्यान्टोनमेन्ट घोटालाको बिषयमा कुरा उठाईसकेको स्थितिमा महरा फसेका छन्। त्यसैगरी एमालेका एनजीओहरु युद्धकालिन मुद्दाहरु फौजदारी मुद्दाका आधारमा अदालतले हेर्नु पर्ने पक्षमा उभिएपछि अदालतले युद्धकालिन मुद्दामा चाँसो देखाउन थालिसकेको अवस्थामा माओवादी नेताहरु आफूहरु असुरक्षित रहेको भन्दै ओली सरकारलाई धोका दिने निष्कर्षमा पुगेका थिए। यद्यपि, विहिबार विहान एमाले नेताद्वय बामदेव गौतम र झलनाथ खनाल दाहाल निवास छिरेर कार्यसूची सहितको प्रस्ताव राखेपछि एमाओवादी नेताहरुले त्यसमा सहमति जनाएका थिए।
 
द्वन्द्वकालिन मुद्दादेखि डराएका एमाओवादी नेताहरु एमालेको कार्यसूची सहितको प्रस्तावपछि आफु सुरक्षित हुने देखेर तत्काल सरकारमा जाने मनस्थितिबाट बाहिर निस्के। चीनिया लबीकै कारण दाहालले २४ घण्टा नपुग्दै आफ्नो निर्णय फेरे। दाहालले नयाँ सरकार गठनका लागि आह्वान गरेको २४ घण्टा नवित्दै अडान फेरेका हुन्। माओवादीको अहिले पुरा ध्यान आफुमाथि लाग्न लागेका मुद्दाहरुलाई कसरी किनारा लगाउने भन्नेमा रहेको प्रष्ट छ। उनीहरु आफु जोगिनका लागि कुनै पनि हदसम्म सम्झौता गर्न सक्ने स्थितिमा रहेको एक राजनैतिक विश्लेषकको बुझाई रहेको छ। नेपाली राजनीतिको तेस्रो शक्ती माओवादी अहिले नेपाली राजनीतिको केन्द्र बिन्दू बनेर रहेको छ। उसको सहयोगमा सरकार बन्ने र गिराउने हुँदा माओवादी आफुलाई सुरक्षित पार्न सबै दाउपेच खेलिरहेका छन्। नेपाली काँग्रेसले दिएको प्रस्तावमा सहमती जनाएका दहाललाई एमालेले अझ राम्रो अफर दिए पछि ९ बुदे सम्झौता गर्दे निर्णय फिर्ता लिएका हुन्। द्वद्द्ध कालिन कतिपय मुद्दाहरु आफू प्रधानमन्त्री बने पनि पुरा गर्न नसकिने बरु ‌ओलीलाई धम्काएर भए पनि काम लगाउन सकिने निस्कर्षमा पुगेका एमाओवादी नेता प्रचण्डले ९ बुदे सम्झौतामा ती कुराहरु समेटेर नै छोडे।
 
दहालले राम्रो अफर त एमालेबाट पाए तर नेपाली राजनीतिमा भारत र चीनको प्रत्यक्ष्य संकृयताले भावी दिनको राजनीति अझ कष्टकर हुने धेरैको बिश्लेषण रहेको छ। दुबै देश नेपालको सन्दर्भमा को बढी शक्तिशाली हुने भन्नेमा होड नै चल्न थालेको छ भने पनि हाम्रा नेताहरु पनि कुन देशसग नजिक बन्न पाए सत्ता आफ्नो हातमा आउने भन्नेमा दिनरात जोड घटाउमा लाग्ने गरेका छन्। 
 
यो भन्दा अघि खुला रुपमा मैदानमा नदेखिने चीन यसपाली मैदानमा देखिने गरी नै उत्रिए पछि नेपालको राजनीति अब कता तिर मोडिन्छ भन्ने सहज आंकलन गर्न गाह्रो छ। दुई ठुला छिमेकीको तानातानको कारण नेपाल एउटा राजनीति खेल मैदान बन्दै जाँदा अझ स्थिरता आउन सक्ने जानकारहरु बताउदछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ