arrow

कर्णालीमा २९ संक्रमितको पहिचान, पुग्यो २६२

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
corona-test1.jpg

कर्णाली । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सङ्ख्या २६२ पुगेको छ ।  सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको मंगलबार मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका सातसहित कर्णाली प्रदेशमा थप २९ संक्रमित पहिचान भएका हुन् । यो सँगै संक्रमितको सङ्ख्या २६२ पुगेको हो ।
 
महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतको वीरेन्द्रनगर वडा नं १ का आठजना, वडा नं ३ का तीनजना, सल्यानको दार्मा गाउँपालिकाका नौजना, सुदूरपश्चिम प्रदेश अछामको मङ्गलसेन नगरपालिका–४ का एकजना र मल्लेख गाउँपालिका–४ का ६ पुरुष र दुई महिला गरी थप २९ जना पहिचान भएको हो । अछामको स्वाबको परीक्षण पनि सुर्खेतस्थित प्रदेश अस्पताल-पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा हुँदै आएको छ । नयाँ पहिचान भएका संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । 

भारत सरकारले लकडाउनकै बीचमा रेल तथा बस सेवा सञ्चालन गरेपछि रोजगारीका लागि त्यहाँका विभिन्न स्थानमा रहेका कर्णालीवासी फर्कने क्रम जारी छ । कर्णालीमा पहिचान भएका सबै संक्रमित भारतबाट फर्किएका हुन् । हाल प्रदेशका सबै जिल्लामा आरडिटी परीक्षण र पिसिआरका लागि स्वाब सङ्कलन कार्य भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेशन र १७ भेन्टिलेटर रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ