arrow

राष्ट्रपतिको भारत भ्रमण स्थगित

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
Bidhya-Devi-Bhandari.jpg.jpeg.jpeg
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले २७ बैशाख गर्ने भनिएको प्रस्तावित भारत भ्रमण  हाललाई स्थगित भएको जनाएको छ। मन्त्रीपरिसदले समयमा निर्णय नगर्दा स्थगित भएको  जनाइएको छ। 
 
राष्ट्रपति भण्डारी २७ बैशाख देखि ५ दिने भ्रमणमा भारत जाने गरी परराष्ट्र र भारतीय बिदेश मन्त्रालयले तयारी गरे पनि पछिल्लो राजनैतिक घटनाक्रमले गर्दा उनको भ्रमण हुने या नहुने दुविधा बढेदै गएको थियो । राष्ट्रप्रमुखको बिदेश भ्रमण गर्नु पूर्व मन्त्रीपरिसदले अनुमोदन गर्ने नियम रहेको छ । मन्त्रिपरिसदले अनुमोदन हुनु पूर्व नै राष्ट्रपति भण्डारीले पत्रकारहरु माझ भारतको भ्रमण गर्न लागेको भन्दै जानकारी गराएकी थिइन् । यो बिषयमा उनी बिवादित समेत बनिन् । आज मन्त्रिपरिषद्को बैठक बसेर राष्ट्रपतिको भ्रमणको अनुमोदन गर्ने अपेक्षा गरिए पनि सो हुन नसके पछि भ्रमण स्थगित भएको बताइएको छ ।
 
राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी लगायत बिभिष्ट ब्यक्तिहरुसग भेट हुने बताइएको थियो । साथै मध्यप्रदेशको उज्जैनमा आयोजना हुने कुम्भ मेलामा समेत सहभागि हुने कार्यक्रम तय भएको थियो । परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको भ्रमण स्थगित भएको पूष्टी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ