arrow

सफल बजेट बनाउन यी हुन् जगदिशचन्द्रका ५ सुझाव

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
jagadish-chandra-pokharel.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेस तथा नेकपा एमाले नेतृत्वको सरकारको पालामा समेत योजना आयोगका उपाध्यक्ष बनेका जगदिशचन्द्र पोखरेल आठ वर्ष राष्ट्रिय योजना आयोगमा काम गरेका व्यक्ति हुन्।
 
लोकतन्त्र प्राप्ति पछिमात्रै दुई वटा सरकारको पालामा योजना आयोगको उपाध्यक्ष बनेका उनले योजना आयोगको हर्ताकर्ताको रूपमा झण्डै साढे दुई वर्षसम्म काम गरे। तात्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारको समय र त्यसपछि नेपाली काँग्रेसको समर्थनमा बनेको माधव कुमार नेपालको नेतृत्वमा बनेको सरकारमा पनि यिनी नै योजना आयोगका उपाध्यक्ष बनेका थिए।
 
लामो समय योजना तर्जुमा गर्ने निकायमा रहेका यिनको अनुभवमा सरकारले बजेट सार्वजनिक गरेर मात्रै आफ्नो दायित्व नसकिने भएकोले आफूले खर्च गर्नसक्ने गरी मात्रै बजेट तर्जुमा गर्ने प्रवृत्ति आजको नेपाल सरकारले आत्मसाथ गर्नु पर्दछ। कुनै पनि बजेटले जनतालाई कति छुन्छ र जनताले युगौं युगसम्म सम्झिनसक्ने गरी बजेट तर्जुमा गर्नु आवश्यक छ। यिनै पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेलले यो सरकारको लागि केही सुझावहरू पनि दिएका छन्।
 
१. द्वन्द्वपछिको जस्तै भूकम्पपछिको पुनर्निर्माणमा जोड देऊ
अहिले मुलुक भूकम्पले थिलोथिलो भएको छ। लाखौं परिवार घरबार विहीन बनेको छ। भूकम्पपछिको पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको यो सरकाले दायाँबायाँ नसोची भूकम्पपछिको पुनर्निर्माणलाई विशेष प्राथमिकतामा राखेर काम गरोस् भन्ने चाहाना पोखरेलको रहको छ । पोखरेल भन्छन् ‘जसरी युद्धपछिको पुनर्निर्माणमा सरकारले एकजूट भएर महत्वका साथ काम गरिरहको थियो, त्यसरी नै सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि पनि विशेष प्राथमिकता दिनुपर्ने देखिएको छ। 
भूकम्पपछिको पुनर्निर्माण त सरकारको प्राथमिकतामा पर्नेमा सहजै अनुमान पनि लगाउन सकिन्छ। तर सीधा जनताले फाईदा लिन पाउने खालको बजेट अहिले आवश्यक रहेको उनको तर्क थियो।
 
२.अर्थतन्त्रको पुनर्ताजकीकरणमा ध्यान देऊ
भूकम्पले असर पुर्‍याएको नेपाली अर्थतन्त्रमा नाकाबन्दीको मार थपिएको छ। नाकाबन्दीको मुख्य असर आर्थिक क्षेत्रमा त्यो पनि उद्योग व्यवसायीहरूमा परेको कुरा सरकारले नकार्नु हुँदैन। उनीहरूको उत्थान तथा प्रोत्साहनको लागि पनि सरकारले विशेष खालको व्यवस्था ल्याउनुपर्छ। भूकम्पपीडितलाई राहत दिने कुरा प्रसंशनीय रहेको छ। त्यसमा उद्योगीहरूलाई पनि सरकारले निराश बनाउनु हुँदैन। उनीहरूको लागि पनि विशेष प्याकेज मार्फत अघि बढ्नुपर्ने देखिन्छ।
 
३. लगानीमैत्री वातावरणको लागि दोस्रो चरणको सुधार आवश्यक
सरकारले लगानी मैत्री वातावरणको लागि दोस्रो चरणको सुधारका कार्यक्रमहरू अघि सारेर बजेत ल्याउन पनि पोखरेलले सिुझाव दिएका छन्। लोकतन्त्र प्राप्तिपछि पहिलो चरणको लगानी मैत्री सुधारको कार्यक्रमले नेपालमा विदेशी लगानी केहीहदसम्म बृद्धि भएको भन्दै अब दोस्रो चरणको कार्यक्रमको आवश्यकता रहेको पोखरेलको बुझाई थियो। उनले विदेशी लगानी र उद्यदोग धन्दाको विकासविनाको मुलुकको विकास सम्भव नरहेको पनि उनको बुझाई थियो।
 
४. कृषि पर्यटन र उर्जा विकासमा जोड देऊ
मुलुकको आत्मनिर्भरको मुख्य हिस्साको रूपमा रहेको कृषि, जलविद्युत तथा उर्जाको विकासमा जोड दिन पनि उनले सुझाव दिएका छन्। उनले धेरै परियोजनाहरूलाई एकैपटक अगाडि बढाउन खोज्दा कुनैले पनि गति नपाएको तर्फ अघि संकेत गर्दै उनले धेरै विषय समाबेश गरेर मात्रै बजेट राम्रो नहुने तर्क गरे। उनले विशेषगरी कृषि भौतिक पूर्वाधार र कृषिमा लगानी बढाउन पनि सरकारसँग आग्रह गरे।
 
५. शिक्षा र स्वास्थ्यमा सम्हालिउ
उनले शिक्षा र स्वास्थ्यमा सम्हालिएर प्रस्तुत हुन पनि सरकारलाई सचेत गराएका छन्। दातृ निकायको सहयोग सबैभन्दा बढी स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको भन्दै पोखरेलले उनीहरूको शर्त र बन्देजमा बेरिँदै जाँदा आफ्नै नीतिबाट समेत पछि पर्नुपर्ने अवस्थाबाट सचेत रहेर बजेट निर्धारण गर्न पनि उनले सुझाएका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ