शुद्धोदनमा २८ र मायादेवीमा ३२ थपिदा कपिलवस्तुमा कोरोना संक्रमित पुगे ३९३
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ जेठ २० मंगलबार
703
Shares
कपिलवस्तु। कपिलवस्तुमा कोभिड १९ थप २८ जना पोजेटीभ पुष्टि भएको छ। यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ३९३ पुगेको छ ।
शुद्दोधन गाउँपालिकाका १४ बर्ष देखि ४७ बर्ष सम्मका २८ पुरुषमा कोरोना पोजेटीभ देखिएको हो।
यसअघी दिउसो ४:३० बजे दिइएको जानकारी अनुसार कपिलवस्तुमा कोभिड १९का थप ३२ जना पोजेटिभ पुष्टि गरिएको थियो।
दिउँसोसम्म कपिलवस्तुमा संक्रमितको संख्या ३६५ पुगेको थियो। दिउँसो मायादेवी गाउँपालिका १० महिनाको बालकदेखि ८० बर्ष सम्मका ९ महिला र २३ पुरुषमा पोजेटीभ देखिएको थियो।