arrow

क्वारेन्टीनमा बसेकालाई दुर्व्यवहार गर्ने क्याम्पस प्रमुख बस्नेतलाई कार्वाहीको माग

मर्यादा तोडेर उपद्रो गर्ने क्याम्पस प्रमुख बस्नेतलाई कार्वाही गर्ने उपकुलपति सिंह दृढता  

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २१ बुधबार
madhya-paschim-university-c.gif

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयमा रहेको क्वारेन्टाइनमा बसेकाहरुमाथि दुर्व्यवहार गर्ने मानविकि तथा समाजशास्त्र केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख तेजविक्रम वस्नेतमाथि कार्वाहीको प्रक्रिया अघी बढाएको उपकुलपति नन्दवहादुर सिंहले बताएका छन्। 

हाम्राकुरासँग कुरा गर्दै उपकुलपति सिंहले विश्वविद्यालयमा पढाउने प्राध्यापक कस्तो हुनुपर्छ भन्ने रोल मोडल हुनुपर्ने मानिस मादक पदार्थ सेवन गरि क्वारेन्टाइनमा रहेकाहरुलाई दुर्व्यवहार गर्न पुग्नु निन्दनीय भएको बताए।  

सबैले आफ्नो ओहोदा अनुसारको काम गर्नुपर्छ भन्दै सिहले भने तर क्वारेन्टाइनमा बसेकाहरुमाथि दुर्व्यवहार गर्न पुग्ने क्याम्पस प्रमुख बस्नेतले ओहोदा अनुसारको काम गरेको नपाइएपछि उनलाई तत्काल स्पष्टीकरण काटिएको जानकारी दिए। 

विश्वविद्यालयमा कुनै पनि राजनीतिक दलको फेर समातेर उपद्रो गर्न नपाइने स्पष्ट पार्दै उनले विश्वविद्यालयमा प्रवेश गरेपछि सबैको पार्टी भनेकै विश्वविद्यालय हुनुपर्ने बताए। 

मर्यादा तोडेर जथाभावी गर्नेलाई कार्वाही गर्ने उनले प्रतिवद्धता जनाए। सिंहले मध्यपश्चिम विश्वविद्यालय यस भेगका नागरिकको जीवन रक्षाका लागि लागिरहेको र त्यसैको उपज दुई क्वारेन्टाइन पनि बनाएको बताए। दुई अलग अलग क्वारेन्टाइनमा २०४ र ७७ जना क्वारेन्टाइनमा रहेका छन्। 

केहि दिन अघी मादक पदार्थ सेवन गरि गएका बस्नेतले दुर्व्यवहार गरेको क्वारेन्टाइनमा बसेकाहरुले बताएका थिए। खाना ल्याए पनि हात धुने र पिउने पानी माग्दा आफूहरुमाथि दुर्व्यवहार भएको उनीहरुले बताएका थिए।     

खाना खानु अघी हात त धुन पाउँ भनेर पानी माग्दा उल्टै खाना खानेकी नखाने भन्दै दुर्व्यवहार गरिएको क्वारेन्टाइनमा बसेका एक यूवाले बताए। 

कामको लागि विदेश गएका नेपालीहरु स्वदेश फर्कने क्रममा विभिन्न जिल्लामा क्वारेन्टाइनमा बस्दै आएका छन्। मजबुरीमा क्वारेन्टाइनमा बस्नु परेका आफूहरुलाई खाना नै खान नपाएको जस्तो दुर्व्यवहार गर्ने क्याम्पस प्रमुखलाई कार्वाही हुनुपर्ने उनीहरुले माग समेत गरेका छन्। 

क्याम्पस चीफले मादक पदार्थ सेवन गरि क्वारेन्टीनमा बसेकाहरुलाई दुर्व्यवहार गरेपछि उनीहरुले सो को जानकारी उपकुलपति सिंहलाई गराएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ