arrow

मन्त्रिपरिषद् बैठक : सरकारको नीति तथा कार्यक्रममा केही थपघट

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
oli-cabinet-meeting-widgetsp-2.jpg.jpeg
काठमाडौँ। बिहीबार पारित भएको नेपाल सरकारको नीति तथा कार्यक्रममा आज केही थपघट भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार छुटेका केही विषयलाई थपघट गरेको बैठकपछि उपप्रधान तथा रक्षामन्त्री भीम रावलले जानकारी दिए ।
 
उनले भने– “बिहीबार नीति तथा कार्यक्रम सैद्धान्तिक रुपमा पारित भएकोमा छुटेका विषयलाई फेरि एक पटक छलफल गरी सम्पूर्ण बुँदा हेरेर त्यसलाई अन्तिम रुप दिइएको छ ।” 
 
रावलले बिहीबार राजनीतिक दलबीचको छलफल र अबेर रात परेका कारण आज थप छलफल गर्नुपरेको स्पष्ट पारे । नीति तथा कार्यक्रम राष्ट्रपतिबाट वैशाख २६ मा प्रस्तुत हुने विषयमा समेत मन्त्रिपरिषद्मा छलफल भएको उनले बताए ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ