arrow

सरकारकै कारण कर्णालीमा कोरोना संक्रमित बढ्दै : कांग्रेस

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ जेठ २१ बुधबार
coronavirus-molecular.jpg

हुम्ला। नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाममा कर्नाली प्रदेश सरकार पूर्ण असफल भएको बताएको छ। कांग्रेसले प्रदेश सरकार कोरोना संक्रमण रोक्नुभन्दा कमाउने खेलमा लागेको आरोप पनि लगाएको छ। कर्नाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बुधबार पत्रकार सम्मेलन गरेर भारतबाट आउने नागरिकहरुको सीमामा परीक्षण विनै गाउँगाउँ पठाएर सरकारले कर्नालीमा कोरोना फैलाउन मद्दत गर्नुका साथै लकडाउन (बन्दाबन्दी) सुरु भएसँगै भारतमा रहेका कर्नालीका नागरिकहरुको तथ्याङक संकलन गर्न र उनीहरुको व्यवस्थापनका लागि तयारी गर्न पटक–पटक आग्रह र अनुरोध गर्दा पनि सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारमा नलागेर प्रदेश सरकारबाटै बेवास्ता गरेको आरोप लगाएका छन्।

बुधबार जुम प्रविधिबाट गरिएको पत्रकार सम्मेलनमा बोल्दै पुर्ब मन्त्री समेत रहेका नेता शाहीले प्रदेश सरकारका मन्त्रीहरु हेलिकप्टर सयरमै रमाउने गरेको प्रदेशमा संक्रमण बढ्दै जाँदा पनि कुनै संवेदनशिलता नदेखाएको, संघीय र स्थानीय तहसँग समन्वय नगरि आफ्ना मानिसहरुलाई स्वास्थ्य परिक्षणबिना नै गाउँगाउँ पठाउन लागि कारण पछिल्लो दुई सातामा कोरोना संक्रमितको संख्या कर्नालीमा बढ्दै गएको भन्दै अहिलेकै अवस्था कायम रहे कर्नाली कोरोनाको इपीसेन्टर बन्ने चेतावनी दिए।

प्रमुख प्रतिपक्षी दलका नेता शाहीले प्रदेश सरकारले जिल्ला दौहाडमा विना प्रतिष्पर्धा निजी कम्पनीको हेलिकोप्टर प्रयोग गरेर भ्रष्टाचार गरेको  समेत आरोप लगाएका छन। आवश्यक परेको खण्डमा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्नुपर्दथ्यो, विना प्रतिष्पर्धा निजी कम्पनीको हेलिकोप्टर प्रयोग हुनु भनेको सरासर भ्रष्टाचार हो। यो संगै कर्नाली सरकारले चिकित्सकसहितको टोली गाउँ पठाउँदा पनि विभेद गरेको आरोप लगाए ।लचैत ११ गते लकडाउन भइसकेपछि करिब २ महिनासम्म संक्रमण नदेखिएको अवस्थामा रोकथाम र नियन्त्रणका लागि थुप्रै तयारी गर्न सकिने अवस्था भए पनि प्रदेश सरकारले काम कम हल्ला बढी गरेको उनले बताए।

स्थानीय तहलाई आर्थिक रुपमा सशक्त बनाएर सक्रिय बनाएको भए अहिले यो अवस्था आउने थिएन, कर्नाली प्रदेशमा कोरोना संक्रमण दोस्रो स्टेजमा प्रवेश गरिसकेकाले सबैको हातेमालोबाट मात्र नियन्त्रण संभव हुने काँग्रेस केन्द्रिय सदस्य समेत रहेका नेता शाहीले बताए। यसको लागि सरकारले नै कमीकमजोरी हटाएर अगाडि बढेको भए कर्नालीमा कोरोना संक्रमित पनि २ सय ७८ जनामा नपुग्ने थिएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ