arrow

राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ – प्रचण्ड

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
prachanda-again.jpg.jpeg
भक्तपुर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्ने बताएका छन् । 
 
एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा उनले देशको समस्या समाधानका लागि सबै मिली राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए । नेता दाहालले भने , “पुँजीवाद, दलाल, सामन्तवादको अन्त्य गर्नुपर्ने अहिलेको स्थिति हो । हामीले सिर्जना गर्ने साहित्य पनि राष्ट्रिय एकता र समाजवादको पक्षमा हुनुपर्छ ।”
 
राष्ट्रिय एकता कायम गर्न, भूकम्पपछिको पुर्ननिर्माण गर्न तथा तराई मधेसमा भएको आन्दोलनलाई समाधान दिन र देशमा शान्ति कायम गर्न दलबीचको एकता अपरिहार्य भएको दाहालले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ