arrow

बँदेलको आक्रमणबाट दर्जन बढी घाइते

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
boar_3023393b.jpg.jpeg
सल्यान । सल्यानमा बँदेलको आक्रमणबाट दर्जन बढी व्यक्ति घाइते भएका छन् । 
 
जिल्लाको पश्चिमी क्षेत्र देवस्थल, मूलखोला, घाँजरीपिपल गाउँ विकास समितिमा बँदेलको आक्रमणका कारण दर्जन बढी व्यक्ति घाइते भएका हुन् । 
 
बिहीबार बेलुका बँदेलको आक्रमणबाट देवस्थल गाविस बाग्गचौरका गोपाल विष्ट, माल्पे–२ का चीनबहादुर सार्की, सोही ठाउँका गोविन्द पुन, मूलखोला–८ राउँचेका नवीन साहु गम्भीर घाइते भएका छन् । 
 
खोलाको किनारको बाटोमा हिँड्दै गर्दा उनीहरुलाई बँदेलले आक्रमण गरी घाइते बनाएको घाइते टेकबहादुर बूढाले जानकारी दिए । 
 
यसअघि वैशाख २२ गते घाँजरीपिपल–८ सुनौलीबजारका अम्मर बस्नेत, खामखोलीका टेकबहादुर बूढालाई बँदेलले आक्रमण गरी घाइते बनाएको बूढाले बताए । बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका अम्मर बस्नेत र गोपाल विष्टको नेपालगन्जमा उपचार भइरहेको स्थानीय दुर्गा बिसीले जानकारी दिए ।
 
 “पानीका मुहान सुकेपछि पानी खान खोलामा आएका बँदेलको समूहले मानिसलाई देख्नसाथ आक्रमण गर्छ, बाटो हिँड्ननै खतरा भइसक्यो ।” बूढाले भने । 
 
बँदेलको समूहले दिन प्रतिदिन आक्रमण गर्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । आक्रमण बढ्न थालेपछि सहयोगका लागि इलाका प्रहरी कार्यालय देवस्थलमा जानकारी गराएको स्थानीय दुर्गा बिसीले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ