arrow

तीन पत्रकारलाई वरिष्ठताको सम्मान

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
bidhyarastrapati.jpg.jpeg
काठमाडौँ । सरकारले नेपाल पत्रकार महासङ्घका दुई पूर्वसभापति र एक पूर्वमहासचिवलाई आज वरिष्ठ पत्रकार सम्मान दिएको छ । ‘वरिष्ठ पत्रकार सम्मान–२०७२’ पाउनेमा महासङ्घका पूर्वसभापतिद्वय डा सुरेश आचार्य र शिव गाउँले र तथा महासङ्घका पूर्व महासचिव ओम शर्मा रहेका छन् । 
 
त्यस्तै ‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७२’ ‘जनआस्था’का सम्पादक किशोर श्रेष्ठलाई प्रदान गरिएको छ । ती सम्मानका साथ जनही रु दुई लाख छ । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले आज आयोजित कार्यक्रममा सो सम्मान दिँदै सरकारले पत्रकारलाई गरेको सम्मानले सिङ्गो पत्रकारितालाई अझै समृद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । राष्ट्रपतिले सरकार र पत्रकारिता क्षेत्रको समन्वय हुनुपर्नेमा जोड दिइन् ।
 
सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीले संविधान कार्यान्वयनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मिडियाको अत्यन्त महत्वपूर्ण भूमिका हुने बताए । 
 
सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सरकारले पछिल्लो पटक सञ्चारगृहलाई उद्योगका रूपमा मान्यता दिने, श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्ने र अनलाइन निर्देशिका ल्याउने लगायत काम गरेको जानकारी दिए  । सम्मानितका तर्फबाट पत्रकार डा आचार्यले नेपाली पत्रकारिता क्षेत्रलाई अझै व्यावसायिक र संस्थागत बनाउनुपर्नेमा जोड दिनुभयो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ