arrow

सरकार परिवर्तन प्रयासको प्रभाव: राजदुत फिर्ता

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
Deep_Kumar_upadhyaya.jpg.jpeg
काठमाडौं। प्रम केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई समर्थन फिर्ता र २४ घण्टा नबित्दै फेरि समर्थन गरेर बचाएको एमाओवादीको कदम पछि नेपाली राजनीतिमा भारतसँग सम्बन्धित दुई तरंग उत्पन्न भएको छ। 
 
पहिलो राष्ट्टरपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित भएको छ भने भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाईएको छ। 
 
यि दुवै घट्ना सरकार खस्ने र बस्ने भएपछि भएका छन्। सरकार परिवर्तनको प्रयास भारतको सकृय सहभागिता रहेको आंकलन गरिएको छ। भारत सरकार परिवर्तन गर्न असफल भएपछि नेपाल सरकारको यी दुई निर्णयले नेपाली राजनीतिमा राम्रो हलचल मच्चाएको छ। 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले २७ बैशाख गर्ने भनिएको प्रस्तावित भारत भ्रमण  हाललाई स्थगित भएको जनाएको छ। मन्त्रीपरिसदले समयमा निर्णय नगर्दा स्थगित भएको  जनाइएको छ। 
 
राष्ट्रपति भण्डारी २७ बैशाख देखि ५ दिने भ्रमणमा भारत जाने गरी परराष्ट्र र भारतीय बिदेश मन्त्रालयले तयारी गरे पनि पछिल्लो राजनैतिक घटनाक्रमले गर्दा उनको भ्रमण हुने या नहुने दुविधा बढेदै गएको थियो ।
 
राष्ट्रप्रमुखको बिदेश भ्रमण गर्नु पूर्व मन्त्रीपरिसदले अनुमोदन गर्ने नियम रहेको छ । मन्त्रिपरिसदले अनुमोदन हुनु पूर्व नै राष्ट्रपति भण्डारीले पत्रकारहरु माझ भारतको भ्रमण गर्न लागेको भन्दै जानकारी गराएकी थिइन् । 
 
यो बिषयमा उनी बिवादित समेत बनिन् । आज मन्त्रिपरिषद्को बैठक बसेर राष्ट्रपतिको भ्रमणको अनुमोदन गर्ने अपेक्षा गरिए पनि सो हुन नसके पछि भ्रमण स्थगित भएको बताइएको छ ।
 
नेपाल सरकारको क्याबिनेट बैठकले राष्ट्रपतिको भारत भ्रमण र राजदुत फिर्ताको निर्णय गरेको हो। राजदुत उपाध्यायलाई आफ्नो मर्यादा कायम नगरेको आरोप लगाईएको छ। उनलाई सरकार ढाल्न भारतमा चलखेल गरेको , परराष्ट्र मन्त्रालयलाई जानकारि नदिई भारतिय राजदुतसँग सुदुर पश्चिमको भ्रमण गरेको आरोप लगाउँदै फिर्ता निर्णय गरेको हो। 
 
राष्ट्रपतिको भारत भ्रमण रद्दबारे राजदुत उपाध्यायले असन्तुष्टी पोखेको श्रोतको भनाई रहेको छ। भारतमा सबै तयारी पुरा भैसकेको अवस्थामा भ्रमण रद्द हुनु कुटनैतिक हिसाबले राम्रो नमानिने भन्दै राजदुतले असन्तुष्टी पोखेका हुन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ