arrow

राजदूत उपाध्याय माथी प्रम ओलीको असह्य हर्कत

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
oli-deep-kumar.jpg.jpeg
काठमाडौं। भूकम्प लगत्तै नेपालमा सहयोग जुटाउन र नाकाबन्दी खुलाउन प्रशंसनीय भूमीका खेलेका भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यय माथी प्रधानमन्त्री केपी शर्मा ओलीले असह्य हर्कत गरेको खुलासा भएको छ। 
 
ओलीले व्यक्तिगत रिसीईवीका आधारमा झोंकका भरमा गैरराजनीतिक र गैरकुटनीतिक तरिकाले उपाध्यायलाई फिर्ता गराएपछि उनले गरेका हर्कत सार्वजनिक भएका हुन्। 
 
ओलीले राजदूत उपाध्यायलाई काठमाडौंमा भएको बेला ओली सरकार परिवर्तनको खेलमा संलग्न भएको, परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नदिइ आफूखुसी कामकारबाही गर्ने गरेको र परराष्ट्र मन्त्रालयलाई जानकारी नदिएर नेपालका लागि भारतीय रञ्जीत रेसँग सुदूरपश्चिमको कार्यक्रममा गएको आरोप लगाएका छन्।  
 
तर भारतका लागि पुर्व नेपाली राजदूत लोकराज बरालले उपाध्याय माथी ओली सरकारले लगाएको आरोप हचुवा भएको टिप्पणी गरेका छन्। “उहाँले त्यस्तो गर्नु भयो होला जस्तो लाग्दैन, अनुमान गरिएको हुन सक्छ, अनुमान गरेर अरोप लगाउने चलन छ,” बरालले भने। 
 
उनले आफु राजदूत भएका बेला पनि सरकार परिवर्तन हुना साथ आफुलाई विना आधार अनुमानका भरमा मिथ्या आरोप लगाईएको स्मरण गर्दै राजदुत उपाध्याय निकै सालीन, भद्र र वौद्धिक व्यक्तित्व भएकाले त्यस्तो गरे जस्तो नलागेको बताए। उनले सरकार तथ्य र बस्तुगतमा आधारित नभएर हो यस्तो भएको निश्कर्ष सुनाए। 
 
ओलीको व्यक्तिगत झोकका आधारमा भएकोले सो निर्णयमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको खास भुमीका नभएको हुन सक्ने श्रोतले जनाएको छ। थापाले उपाध्यायलाई फिर्ता बोलाउन नचाहेको थापा निकट श्रोतले जनाएको छ। 
 
भारतीय सरकारलाई कुनै जानकारी नै नदिईकन राष्ट्रपतिको भ्रमण एकाएक रद्ध गर्नु र राजदूत फिर्ता गर्नुले भारतलाई कुटनीतिक दुरव्यवहार भएको कुटनीतिज्ञहरुको भनाई छ। उनीहरुले सरकारको पछिल्लो कदमले भारत थप रुष्ट भएर कुटनीतिक झमेल अझ बढ्ने बताएका छन्। 
 
उच्चस्रोतका अनुसार राष्ट्रपतिको भ्रमणको तयारीमा जुटिरहेका उपाध्यायले आफूसँग कुनै परामर्श नै नगरी एकाएक सरकारले भ्रमण रद्ध गरेकोमा प्रधानमन्त्री ओलीसँग आश्चर्य र असन्तुष्टि व्यक्त गरेका थिए।
 
कुराकानीका क्रममा उपाध्यायले सरकारले निर्णय लिनुपूर्व आफू र कूटनीतिक माध्यमबाट नेपालका लागि भारतीय राजदूतसँग समेत अग्रिम परामर्श र जानकारी दिएर निर्णय लिएको भए उपयुक्त हुने धारणा राखेका थिए।
 
उपाध्यायको कुराबाट आक्रोसित हुँदै प्रधानमन्त्री ओलीले उनलाई हपारेका थिए। प्रधानमन्त्री ओलीसँग उपाध्यायको अलिकति तीतो र चर्को संवाद भएको थियो। त्यसपछि प्रधानमन्त्री ओलीले उपाध्यायलाई सरकारसँग कुनै नीतिगत मतभेद भए राजदूतको जिम्मेवारी छाडेर स्वदेश फर्कन सुझाएका थिए।
 
प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिपश्चात कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं मन्त्री समेत बनेका राजदूत उपाध्यायले कांग्रेस नेतृत्वसँग टेलिफोन सम्पर्क गरी सरकारको नेतृत्वको कार्यशैलीका कारण आफू राजदूत पदमा बसेर काम गरिराख्न नसक्ने अवस्थामा पुगेको भन्दै आफू फर्कने निधो गरेको जानकारी गराएका थिए। त्यसको केही घण्टा बित्न नपाउँदै सरकारको तर्फबाट उपाध्यायलाई तीन वटा आरोप लगाउँदै राजदूतबाट फिर्ता गर्ने निर्णय सार्वजनिक गरेको थियो।
 
उपाध्यायलाई सुशील कोइराला नेतृत्वको सरकारले राजदूत नियुक्ति गरेको थियो।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ