arrow

२ जनाको मृत्युसँगै कर्णालीका ८ जिल्लाका ४ सय ८९ जनामा कोरोना पुष्टि

हुम्लामा १ जना सहित कर्णालीमा थप १ सय जनामा कोरोना पुष्टी 

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ जेठ २४ शनिबार
humla-airport-passengers.gif

हुम्ला। कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्युसंगै ८ जिल्लाका ४ सय ८९ जनामा कोरोना पुष्टि भएको छ। विहिवार सुर्खेतको पञ्चपुरी नगरपालिकाको क्वारेन्टाइनबाट घर फर्किदा मृत्यु भएका युवकसहित कर्णालीमा थप १ सय जनामा पुष्टि भएको समाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

विहिबारसम्म कर्णालीमा ३ सय ८९ जना संक्रमित फेला परेका थिए । शुक्रबार प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा जुम्ला र पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गर्दा दैलेख, सुर्खेत, जुम्ला, हुम्ला, जाजरकोट, दोलखा, रामेछाप र गोरखाका १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विहिवार मृत्यु भएका पञ्चपुरी १ सुर्खेतका १८ वर्षका युवामा पनि कोरोना पोजेटिभ देखिएको मन्त्रालयकोे बिज्ञप्तीमा जनाएको छ ।

कर्णाली प्रदेशमा १० जिल्लामध्ये डोल्पा र रूकुमपश्चिम बाहेक ८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । विहिबारसम्म कर्णालीका ६ जिल्लामा फैलीएको कोरोना संक्रमण शुक्रबार जाजरकोट र हुम्लामा पनि,फेला परेको छ ।

कर्णालीका सुर्खेत, दैलेख, सल्यान, कालिकोट, जुम्ला, हुम्ला, जाजरकोट र मुगु जिल्लामा कोरोना संक्रमण पुगेको हो भने कोरोना संक्रमणबाट कर्णालीमा २ जनाको मृत्यु भइसकेको छ । दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय युवक र सुर्खेतको पञ्चपुरीका १८ वर्षिय युवकको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

कर्णाली प्रदेशमा कोरोना संक्रमणमा दैनिक रुपमा तीव्र बढोत्तरी भइरहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना हुम्लामा पनि पुगेको छ। हुम्लाको चंखेली गाउँपालिका वडा नं. ३ का ५८ वर्षीया पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

जाजरकोटमा पनि कोरोना पुगेको छ । जाजरकोटको भेरी नगरपालिका वडा नं. १० का १९ वर्षीया युवामा कोरोना देखिएको हो ।

कर्णालीमा शुक्रबार १ सय जनामा कोरोना पोजेटीभ देखिदा हुम्ला र जाजरकोटमा पहिलो पटक एक १ जना कोरोना पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४ सय ८९ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार पुष्टि भएकामध्ये ९१ जना दैलेखका छन् । ३ जना जुम्लाका र सुर्खेत, हुम्ला तथा जाजरकोटका १, १ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल कर्णालीमा रहेका गोर्खा, रामेछाप र दोलखाका ३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्वाब संकलन गरि परिक्षणमा  हुम्लामा पहिलो चोटी पोजिटिभ देखियो भनेर आएपनि कोरोना पोजेटीभ देखिएका व्यक्ति विगत लामो समयदेखि जुम्लामा बस्दै आएका र हाल उनी जुम्लामै रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ