arrow

वनबास नाकाबाट नेपाल आएका थिए मुगुका पहिलो कोरोना संक्रमित

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ जेठ २४ शनिबार
mugu-quarantine.jpg

मुगु। विहिवार कोरोना भाईरस पुष्टि भएका मुगु जिल्लाका पहिलो कोरोना संक्रमित २७ वर्षिय युवा गत जेठ ६ गते महेन्द्रनगरको वनबास नाकाबाट नेपाल प्रवेश गरेको उनको कन्टाक्ट टेसिङ्गबाट देखिन्छ। भारतबाट जेठ ६ गते महेन्द्रनगर प्रवेश गरेपछि त्यहाँको एक विद्यालयमा राखेर उनी सहित आएका अन्य ४४ जनाको आरडिटी परिक्षण गरिएको र सबैको रिर्पोट नेगेटिप आएपछि ७ गते बा्रहसिंह मेटो्रको एउटा बसमा उनीहरु मुगु हिडेका थिए।

७ गते राती १२ बजे बाँकेको चिसापानी पुगेका उनीहरुलाई त्यहाँ रहेका युवा अगुवा हरिबहादुर रावलले खाजा उपलब्ध गराएपछि राती नै बस हिडेको र ८ गते साँझ खत्याड गाँउपालिकाले उनीहरुलाई गाँउपालिकाको वडा नं ५ हलेखाडा पाटनमा स्थापना गरेको क्वारेन्टाईनमा राखेको रातापानी प्राथमिक केन्द्रका प्रमुख डाक्टर किशोर खड्का बताए।

९ गते ४१ जना क्वारेन्टाईनमा बसेका र बाँकी ५ जना सोरु गाँउपालिकाका स्थानीय सोरु गाँउपालिका तर्फ गएको बताईएको छ। ४१ जना सहित अरु ७ जना पनि पछि सोहि क्वारेन्टाईनमा गाँउपालिकाले राखेको थियो। उता सोरु गएका ५ जनालाई कालैमा रहेको सोरु गाँउपालिकाको क्वारेन्टाईनमा राखिएको गाँउपालिकाका प्र्रमुख प्रशासकिय अधिकृत धान्य बुढाले बताए।

गाँउपालिकाले घर नपुग्दै भारतबाट आएका उनीहरुलाई सिधै क्वारेन्टाईनमा राखेको र क्वारेन्टाईन गाँउ बस्ति भन्दा धेरै टाढा लेखमा रहेको, समुदायहरुको सम्पर्कमा कोहि नरहेकाले घरपरिवार ,छरछिमेकीहरुमा कोरोना संक्रमण शुन्य सम्भावना रहेको खत्याड गाँउपालिकाका स्वास्थ्य शाखा उप संयोजक हरि बुढाले बताए।

संक्रमित युवालाई विहिवारै गाँउपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आईसोलेसनमा राखिएको छ भने युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ, बाँकी खत्याडका ४७ र सोरुका क्वारेन्टाईनमा रहेकाहरुका ५ जनाको पिसिआर परिक्षण गर्ने स्वाव संकलन गर्ने तयारीमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटिले बताए।

विहिवारसम्म जिल्लामा १५ आरडिटि किड मौजाद रहेकोमा जिल्ला विपत व्यवस्थापन समितीलाई कणाली प्रदेश सरकारबाट प्राप्त ५० लाख मध्यबाट ५ लाखको खरिद गरिएका ४५० भिटिएम किड पनि विहिवार जिल्लामा पुगेकाले क्वारेन्टाईनमा रहेका भारतबाट आएका र केहि अन्यको स्वाव संकलन गर्ने र पिसिआर परिक्षणका लागी प्रतिष्ठानमा अनुरोध गर्ने तयारी भैरहेको पनि डाक्टर नगरकोटीले बताए।

जिल्ला भरी रहेका ३४ क्वारेन्टाईनमा विहिवारसम्म ५२२ जना रहेको र सोहि दिनसम्म मुगु जिल्लका ३८८ जनाको आरडिटि गरेकोमा २ जनामा पोजेटिप र ३८६ जनाको रिपोट नेगेटिप आएको छ। ४०७ जनाको स्वावको पिसिआर परिक्षण गरेको मा १ जनको रिपोट पोजटिप र ४०६ जनाको नेगेटिप रिर्पोट आएको जिल्ला प्रशासन कार्यालय मुगुको कोभिड१९ जिल्लाको दैनिक रिर्पाोटमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ