arrow

मधेसवादी दलद्वारा बैठक बहिष्कार

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
Madheshi-Morcha-.jpg.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठक मधेसकेन्द्रित दलसँग आबद्ध सांसदले बहिष्कार गरेका छन् । सदनको कारबाही सुरु हुनेबित्तिकै सद्भावना पार्टीका नरसिंह चौधरीले प्रमुख राजनीतिक दल र सरकारले आफूहरुले उठाउँदै आएको मागलाई सम्बोधन गर्ने तर्फ नलागेको भन्दै रोष प्रकट गरे ।
 
 उनले मधेसकेन्द्रित दलले उठाउँदै आएको जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता नजनाउँदासम्म सदनको कारबाहीमा सहभागी नजनाउने भन्दै बहिष्कार गरिएको जानकारी गराए । 
 
सदनको कारबाही बहिष्कार गर्ने दलमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी लगायत छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ