arrow

न्यूनचापीय क्षेत्रको विकासले मौसममा खराबी

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
mausam.jpg.jpeg.jpeg
काठमाडौँ । पूर्वबाट स्थानीय वायुको प्रभावमा न्यूनचापीय क्षेत्रको विकासले मौसममा खराबी आएको छ । उक्त वायुको प्रभावले पश्चिमी तराई भेग बाहेक देशका अधिकांश भेगमा बदली हुनाका साथै मध्य र पूर्वका कतिपय स्थानमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पूर्वी भेगमा पूर्ण बदली भए पनि बढी असर पूर्वी भेगमा देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । 
 
“मौसम बद्लीसँगै पूर्वका अधिकांश स्थानमा वर्षात् भएको छ, यो प्रणाली केही दिन जारी रहे पनि बीचमा ठूलो वर्षा हुने सम्भावना देखिन्न”–उनले भने । मौसमविद् अर्यालका अनुसार काठमाडौँ उपत्यकामा आज साँझपख हल्का र पश्चिमी भेगमा पनि वर्षात्को सम्भावना छ । 
 
महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी धनकुटामा २८, सिमरामा १०, पोखरामा ९ तथा सबैभन्दा कम काठमाडौँ र ताप्लेजुङमा १–१ मिमी वर्षा भएको छ । 
 
आज सबैभन्दा बढी अधिकतम तापक्रम भैरहवाको ३६.९ र नेपालगन्जको ३६.६ रहेको तथा सबैभन्दा कम जुम्लाको २१ डिग्री सेल्सियस छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ र अधिकतम तापक्रम २८.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ