arrow

प्रहरीद्वारा घाईते बनाएकी वालिकाको उपचार गर्न महिला तथा बालवालिका कार्यालयको पहल

logo
यादव आचार्य,
प्रकाशित २०७३ वैशाख २५ शनिबार
gira.jpg.jpeg
बर्दिया। पौने दुई वर्ष अघि प्रहरीको गाडीले ठक्कर दिई घाईते भएकी भुरीगाउँ निवासी एघार वर्षिया वालिका लाई उपचारको लागि महिला तथा वालवालिका कार्यालय बर्दियाले पहल गरेको छ।
लामो समय देखि खुट्टामा चोट लागेर दीर्घ घाईते भएकी विन्दु मल्लको अप्रेसन विग्रिएपछि  सहयोग जुटाएर उपचारका लागि पहल गरेको हो।
 
महिला तथा बालवालिका कार्यालयको कोषबाट १० हजार रुपैया उपलब्ध गराईएको महिला तथा बालवालिका कार्यालय बर्दियाकी प्रमुख गिरा वस्नेतले वताईन् । कार्यालयको समन्वय र सहकार्यमा कार्यालयका कर्मचारी, स्थानिय व्यापारी लगायत अन्य सरकारी कार्यालयबाट समेत सहयोग जुटाएका हौं वस्नेतले वताईन्।
 
मल्लको उपचारको लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले ३ हजार, महिला तथा बालबालिका कार्यालयका कर्मचारीहरुले ४ हजार र स्थानिय व्यापारीहरुबाट १२ हजार रुपैया सहयोग जुटेको उनले थपिन्। १० रुपैया देखि ५ सय रुपैया सम्म सहयोग संकलन गरेको वताउँदै आईतवार उपचारको लागि पठाउन लागेको वताईन्।
 
मल्लको खुट्टामा गम्भीर चोट लागेकाले उपचारमा कठिनाई परेको पारिवारिक श्रोतलाई उद्यृत गर्दै उनले भनीन्। ०७१ साल असोज १४ गते ईलाका प्रहरी कार्यालय भुरीगाउँको गाडीले उनलाई ठक्कर दिई घाईते वनाएको थियो। मल्लको चोट लागेको खुट्टा अप्रेशन पछि विग्रिएको छ।
 
उपचार निशुल्क गराउन एचआरडीसी अस्पताल वनेपामा पहल भैरहेको वस्नेतले वताएकी छिन्। उनको उपचारको लागि महिला तथा वालवालिका कार्यालय बर्दियाले जस्तो सुकै सहयोग गर्ने उनले प्रतिवद्धता गरेकी छिन्। यतिका दिन भैसक्दा पनि उपचारका लागि कसैले पहल नगरेकोमा उनले चिन्ता व्यक्त गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ