arrow

'राजदूत फिर्ता बोलाउनु मुर्खतापुर्ण र अदुरदर्शी'

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
Ram-sharan-Mahat_20140715025225.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका  नेता डा. राम शरण महतले ट्विट गर्दै राजदुत फिर्ताको निर्णय प्रति आपत्ती जनाएका छन्। उनले ट्विट गर्दै भनेका छन् 'सरकारको राजदुत बोालउने निर्णय मुर्खतापुर्ण र अदुरदर्शी' । 
 
सरकारलले राजदूत उपाध्यायलाई काठमाडौंमा भएको बेला ओली सरकार परिवर्तनको खेलमा संलग्न भएको, परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नदिइ आफूखुसी कामकारबाही गर्ने गरेको र परराष्ट्र मन्त्रालयलाई जानकारी नदिएर नेपालका लागि भारतीय रञ्जीत रेसँग सुदूरपश्चिमको कार्यक्रममा गएको आरोप लगाएर फिर्ता बोलाउने निर्णय गरेको हो।  
त्यसैगरि व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले भारतका लागि नेपाली राजदूतलाई सरकारले फिर्ता बोलाएकामा आपत्ति जनाएका छन् । 
 
सभामुखसँग समय लिएर सो दलका डा प्रकाशशरण महतले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णय गलत हो भने । 
 
सरकार परिवर्तनमा लागेको, राष्ट्रपतिको भारत भ्रमण रोक्न लागेको जस्ता आरोप लगाएर राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको भन्दै उनले सरकारसँग सदनमा आएर सो विषयमा जवाफ दिनुपर्ने माग गरेकाछन्। उनले सरकार परिवर्तन गर्ने विषय सार्वभौम संसद्को विषय भएकाले त्यसलाई अन्तर्राष्ट्रियकरण गर्दै राजदूतसँग जोडेर गरिएको प्रचार पूर्णत गलत भएको बताए । 
 
सांसद डा महतले गैर जिम्मेवार, अपरिपक्व, प्रतिशोधपूर्ण निर्णय गर्दै सामान्य विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुले दुई मुलुकबीचको सम्बन्धमा प्रभाव पार्ने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ