निर्माता निर्देशक राम गोपाल वर्माले केहि लेखे पछि त्यो विवादित नहुनु यो हुनै सक्दैन । उनले केहि दिन पहिले अन्तरवार्तामा इन्टरनेटमा पोर्न साइट बाहेक अन्य केहि हेर्ने नगरेको बताएका थिए ।
वर्माले अभिनेत्री राधिका आप्टेलाई लिएर ट्वीट गरेका छन् जसले सबैलाई छक्क पारेको छ । राधिकाले एक म्यागजिनको लागि हालै बोल्ड फोटोशूट गराएकि छन् । सो फोटोशूटलाई हेरेर वर्माले,'मैले तीन जन्ममा पनि यती हट केटी देखेको छैन' उनले ट्वीट गरेका छन् ।
वर्मा ट्विटरमा आएसँगै उनका कयौ ट्वीट विवादित बनेका छन् । केहि महिना पहिले श्रीदेवी र सन्नी लियोनीलाई लिएर उनले ट्वीट गरेका थिए । राम गोपाल वर्माले श्रीदेवीको हिप्स राम्रो भएको कारण उनले चलचित्र खेल्न पाएको भनेर विवादमा आएका थिए ।