arrow

राष्ट्रपतिले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
Bidhya-Devi-Bhandari.jpg.jpeg
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि व्यवस्थापिका–संसद्मा सरकारको नीति तथा कार्यक्रमलाई प्रस्तुत गरी सम्बोधन गर्ने भएको छ । 
 
राष्ट्रपति भण्डारीले आइतबार अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विसं २०७२ असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचित भएको सात महिनापछि सरकारको नीति तथा कार्यक्रम आउन लागेको हो । 
 
राष्ट्रपति भण्डारीले पहिलो पटक सरकारको नीति तथा कार्यक्रमलाई प्रस्तुत गरी सम्बोधन गर्ने भएको हो । व्यवस्थापिका–संसद्बाट गत कात्तिकको पहिलो साता राष्ट्रपतिमा भण्डारी निर्वाचित भएको थियो । 
 
नीति तथा कार्यक्रममा अहिलेको सान्दर्भिक महत्वका विषय समावेश हुने उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले जानकारी दिए । 
 
रावलले संविधान कार्यान्वयन, स्थानीय निकायको निर्वाचनको तयारी, विनाशकारी भूकम्पले पुर्‍याएको भौतिक क्षतिको पुनःनिर्माण, भूकम्पपीडित जनतालाई राहत, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण विषय नीति तथा कार्यक्रममा समावेश हुने बताए । 
 
उपप्रधानमन्त्री रावलले आर्थिक समृद्धि, ऊर्जा विकास, पर्यटन प्रवद्र्धन, कृषिको व्यवसायिकरण, स्थास्थ्य सेवा सुदृढीकरण, भौतिक पूर्वाधार विकास, शान्ति सुरक्षा, कूटनीतिक सम्बन्ध सुदृढीकरणजस्ता विषयलाई पनि नीति तथा कार्यक्रममा सम्बोधन हुने जानकारी दिए । सरकारको नीति तथा कार्यक्रमलाई शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ