arrow

संविधान कार्यान्वयनका लागि काँग्रेसको नेतृत्व : नेता लेखक

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
ramesh-lekhaka-420x250.jpg.jpeg
पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका लिने बताएका छन् । 
 
नेपाली काँग्रेसको पोखरा उपमहानगरपालिका–४ इकाईद्वारा आज  आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लेखकले नेपाली जनताको लामो समयको सङ्घर्षको जगमा नेपाली काँग्रेसको नेतृत्वमा देशले नयाँ संविधान प्राप्त गरेको बताए । 
 
संविधानको सफल कार्यान्वयनका लागि पनि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउँदै उहाँले वर्तमान सरकारबाट संविधान कार्यान्वयनको अपेक्षा गर्न नसकिने बताए  । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ