गर्भपतनलाई परिवार नियोजनको साधन बनाउँदा स्वास्थ्यमा जटिल समस्या
अञ्जली थापा,
प्रकाशित २०७७ जेठ २७ मंगलबार
1.3k
Shares
हाम्रो समाजमा उहाँजस्ता धेरै महिला छन् जो गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा प्रयोग गरेर समस्यामा परेका छन् । परिवार नियोजनाको साधन प्रयोग नगर्ने तर बच्चा पनि नचाहने दम्पतीले बच्चा फाल्नका लागि जथाभावी औषधि सेवन गर्दा समस्या हुने गरेको विशेषज्ञ चिकित्सकको भनाइ छ । नेपाल सरकारले महिलाको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी परिवार नियोजनको साधन सर्वसाधारणको पहुँचमा पु¥याएको भए पनि प्रयोग नगर्ने र बच्चा बसेपछि औषधि प्रयोग गर्ने र समस्या भएपछि मात्र अस्पताल आउने गरेकाले समस्या बढ्दै गएको हेटौँडा अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक राघबेन्द्र ठाकुरले बताउनुभयो । चिकित्सक ठाकुरका अनुसार गर्भपतनपश्चात् अत्यधिक रक्तश्राव भएर आउने बिरामी धेरै हुन्छन् । चिकित्सक ठाकुर भन्नुहुन्छ, “पाठेघरमा बच्चाको केही टुक्रा बाँकी हुन्छ भने केही टुक्रा झरिसकेको हुन्छ । कसैलाई तत्काल रगत दिएर उपचार गर्छौं । यस्तो अवस्था आउने महिलाले बच्चा फाल्नका लागि जथाभावी औषधि प्रयोग गरेको पाइन्छ तर महिला त्यो अस्वीकार गर्छन् । “हाम्रो ध्यान बिरामीको जवाफभन्दा पनि उनीहरुको स्वास्थ्य अवस्थामा जान्छ ।”