arrow

सत्ताको कारण लोकतन्त्र गुम्ने खतरा बढेको छ : बाबुराम

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
Baburam-bhattrai-stage.jpg.jpeg
चितवन। नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भटृराईले पछिल्लो समयमा राजनीतिक दलहरु सत्ताको पछि लागेका कारण देशले निकास पाउन नसकेको बताएका छन् । 
 
नयाँ शक्ति नेपाल, चितवनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै भटृराईले दलहरुको सत्ता मोहले लोकतन्त्र पनि गुम्ने खतरा बढेको उल्लेख गरे । दलहरु जालझेल गरेर सत्तामा पुग्ने मात्र दाउमा रहेको भन्दै उहाँले राजनीतिक स्थिरताले मात्रै देशको विकास हुने बताए । सत्ता र शक्तिको दाउमा लागेका दलहरुले राजनीतिक स्थिरता कायम हुन नसक्ने भएकाले दलहरु जनताप्रति बफादार हुन आवश्यक रहेको उनले बताए । 
 
नेता भट्टराईले अहिले राजनीतिक दलका नेताले जनतालाई झुक्याउने काम गरेको आरोपसमेत लगाए । अरुलाई गाली गर्दैमा राष्ट्रबाद नहुने भन्दै उनले दलका नेताहरुलाई देश र जनताको समस्या समाधानका लागि लागिपरेर समस्या समाधान गर्न आग्रहसमेत गरे । सभालाई नयाँ शक्ति नेपालका सचिवालय सदस्य मुमाराम खनाल, करिश्मा मानन्धर, बलावति शर्मालगायतले सम्बोधन गरेका थिए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ