काठमाडौं। किंग्स इलेवन पञ्जाबले दिल्ली डेयरडेविल्सलाई ९ विकेटले पराजित गर्दै आफ्नो ९ खेलमा तेस्रो जीत हात पारेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विेकटको नोक्सानीमा १८१ रन बनाएको थियो। पञ्जाबका मार्कोस स्टोईनिस र रिद्दिमान शाहले ५२ -५२ रनको योगदान दिएका थिए। मार्कोसले ४४ बलमा उक्त रन बनाएका थिए भने रिद्दीमान शाहले ३३ बल मात्र खेलेका थिए। दिल्लीका क्रिस मोरिसले २ विकेट लिएका थिए।
जवाफमा ब्याटिङ गर्न ओर्लेको दिल्लीले २० ओभरमा ५ विकेटको नोक्सानीमा १७२ रन मात्र बनाउन सक्यो र खेल ९ रनले गुमाएको थियो। दिल्लीका क्वेन्टन डे ककले ५२ रन बनाएका थिए भने सञ्जु शामसनले ४९ रनको योगदान दिएका थिए। पञजाबका मार्कस स्टोईनिसले ३ विकेट लिएका थिए।