arrow

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
bicc.gif.gif
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७३-७४ को लागि तयार पारेको नीति तथा कार्यक्रम सार्वजनिकक गर्दै छ। आइतबार साँझ चार बजे व्यवस्थापिका संसद्मा राष्ट्रपति विद्यादेबी भण्डारीले आगामी वर्षको सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
 
हरेब वर्ष बजेट आउनु पूर्व राज्य प्रमुखले संसद्मा नीति तथा कार्यक्रम पेश गर्ने प्रचलन रहेको छ। यसरी राष्ट्रपतिले पेश गरेको नीति तथा कार्यक्रमको आधारमा सरकारले आउँदा आर्थिक वर्षको बजेट निर्माण गर्ने प्रचलन रहेको छ। 
 
नयाँ संविधान निर्माण भएपछि बनेको केपी ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रम पेश गर्नको लागि राष्ट्रपति भण्डारी राष्ट्रपति बनेपछि पहिलोपटक संसद्मा प्रवेश गर्दैछिन्। यस अघिभन्दा ज्यादै लोकप्रिय बजेट ल्याउने अनुमान गरिएको सरकारको बहुप्रतिक्षित नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै सरकारको आगामी वर्षको बजेट कुन क्षेत्रमा केन्द्रीत हुन्छ भन्ने मार्गनिर्देश यही नीति तथा कार्यक्रमले पेश गर्नेछ।
 
चालू आर्थिक वर्षको लागि तात्कालीन सुशील कार्यरालदा नेतृत्वको सरकारले पेश गरेकमो नीति तथा कार्यक्रममा सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन, संविधान निर्माण तथा स्थानीय निकायको निर्वाचन गर्ने भनिएको थियो। तर, स्थानीय निकायको निर्वाचन हुना नसकेपनि बाँकी दुई बुँदाहरू सम्पन्न भएको थियो। 
 
त्यसैगरी भूकम्पपबाट क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणको लागि ध्यान केन्द्रित गरिने लगायतकाच विभिन्न शीर्षकलाई प्राथमिकता दिईएको थियो। यसमा बीचैमा सरकार परिवर्तन 
भएपछि सरकारले आफूले बनाएको नीति तथा कार्यक्रमहरू आफैंले कार्यान्वयन गर्न सकेको थिएन। 
 
यो सरकारको तर्फबाट पनि राष्ट्रपति विद्यादेबी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई भरपुर कार्यान्वयन गर्नको लागि सरकारले बजेट तयार पार्ने प्रचलन रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ