arrow

एउटै सङ्गीतमा ३२१ कलाकारको स्वर हुने, विश्व रेकर्डको तयारी

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
Climate_Change_Record.jpg.jpeg
काठमाडौँ। एउटै सङ्गीतमा ३२१ कलाकारले स्वर दिने भएका छन् । 
 
मुलुकमा पछिल्लोपटक बिग्रँदै गएको जलवायु परिवर्तनको संरक्षण र सम्बद्र्धनका लागि एउटै सङ्गीतमा ३२१ जना कलाकारले चेतनामूलक जानकारी दिन लागेका हुन् । 
 
कलाकार निपेश ढाकाको अग्रसरतामा आगामी जेठ ६ गते ३२१ लोकप्रिय कलाकारको आवाजमा वातावरणसम्बन्धी चेतनामूलक गीत रेकर्ड गराइने भएको हो । ढाकाले उक्त अभियानलाई ‘गिनिज बुक अफ द वल्र्ड रेकर्डस्’मा दर्ता गरिने जानकारी दिनुभयो । 
 
उक्त सङ्गीत रेकर्डका लागि रेडियो नेपालको चारवटा स्टुडियो प्रयोग गरिने र ३३ मिनेट ४९ सेकेन्डको हुनेछ । यसलाई म्युजिक भिडियो बनाएर वातावरणसम्बन्धी चेतनामूलक अभियानका रुपमा देशभर प्रचारप्रसार गरिनेछ । 
 
ढाकाले दिनानुदिन मुलुकमा वातावरणीय ह्रास भइरहेको र यसले प्राकृतिक सन्तुलन, वातावरणीय सुन्दरतालगायत मानवीय जीवनमा नकारात्मक असर पु¥याएको भन्दै यस्तो अभियान सञ्चालन गरेको बताउनु भयो । 
 
उहाँले मुलुकका विभिन्न ५३ जिल्लामा गएर वातावरणबाट हुने असरका बारेमा छायाङ्कन गरी वृत्तचित्र निर्माण गरेको र वृत्तचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा रहेको उल्लेख गर्नु भयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ