अर्धचेत अवस्थामै मेयरलाई पुर्याइयो अस्पताल, क्वारेन्टाइनमा थिइन् सक्रिय
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
475
Shares
डोटी ।दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँको अस्पतालमा लगिएको छ ।
उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टाइन राख्न सक्रिय हुँदै आएका थिइन्। उनलाई एक हप्ताअघिदेखि स्वासप्रस्वासमा समस्या आएको उनका परिवारले जनाएका छन् । अर्धचेत अवस्थामै उनलाई शुक्रबार बिहान काठमाडौँ लगिएको बताइएको छ ।
चिकित्सकको सल्लाहअनुसार घरमा आराम गरिरहेकी नगरप्रमुख मलासीलाई बिहीबार राति एकाएक स्वासप्रस्वासमा निकै समस्या आएपछि काठमाडौँ लगिएको उनका स्वकीय सचिव रवीन्द्र जोशीले बताए ।
उनले भने, “क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा उनलाई समस्या देखिएको थियो, धनगढी गएर उपचार गर्दा चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए, गएराति एकाएक स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार काठमाडौँ लगिएको हो ।”
नगर प्रमुख मलासी उच्च रक्तचापसम्बन्धी औषधि सेवन गर्दै आएको उनका श्रीमान् कृष्ण मलासीले जानकारी दिए ।