arrow

‘सरकारकै ठेगान छैन, कुटनीतिक मर्यादाको के कुरा ?’

विज्ञहरु रनभुल्ल : कठिन परिरिस्थतिबारे कुरो खुलेकै छैन’

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
kp-oli-narendra-modi.jpg.jpeg
काठमाडौं । कुटनीतिक इज्जत र मर्यादा भनेको के हो ?अत्तो -पत्तो छैन । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई सोध्दा थापाले स्वभाविक आन्तरिक मामिला हो, यसलाई अतिरन्जित गर्नु हुँदैन भन्छन् । अर्का उपप्रधान तथा रक्षामन्त्री  भीम रावलले राजदूतले मर्यादा पालना नगेरको र सरकार तथा परराष्ट्रलाई अटेर गरेको भन्दछन् । एउटै सरकारका मन्त्रीका थरी–थरीका धारणा छन् । प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषद्ले गरेका भारतीय राजदूत फिर्ता र राष्ट्रपतिको भारत भ्रमण स्थगितको विषय अहिले परराष्ट्र विज्ञहरुका लागि टाउको दुखाईको विषय बनेको छ । 
 
विज्ञहरु भन्छन्, ‘बुझि नसक्नु छ, हामी क्लियर भएका छैंनौ तपाईहरुलाई कसरी भनौं ।’ कुटनीतिक मर्यादा र परराष्ट्र सम्बन्ध नेपालको हकमा के हो के, केही पत्तो पाँइदैन । परराष्ट्र मामिलाका जानकार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाशचन्द्र लोहनीले भने, ‘एउटै सरकारका मन्त्री फरक–फरक कुरा गर्छन्, कस्का कुरा पत्याउनु ।’ लोहनीले नेपालका लागि भारतीय राजदूत दिपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाउनु स्वभाविक भएको बताए । लोहनीले भने, ‘राजदूत फिर्ता बोलाउने अधिकारको कुरा हो, चित्त नबुझे सरकारले फिर्ता बोलाउन पाउँछ, तर कारण के हो भन्ने केही बुझिएको छैन ।’ लोहनीले राष्ट्रपतिको भ्रमण स्थगित गर्नु भने सही कदम नभएको बताए । 
 
उनले थपे, ‘राष्ट्रपति आफैले जाने भनिसकेकामा किन यस्तो गरियो, यो राम्रो होइन ।’ के कारणले यस्ता अपरिपक्व काम हुन्छन् थाहा छैन । सरकारले भारतसंग सम्बन्ध सुधार भएको भन्थ्यो, अब त्यसमा असर पर्दैन ? जवाफमा लोहनीले भने, ‘सरकारकै ठेगान छैन, खै सम्बन्ध बनेको जस्तो त लाग्दैन ।’ लोहनीले ठट्टा गर्दै म त पूरानो भइसके, नयाँहरुलाई सोध्नुस् अलिक बढी कुरा आउला –भने ।  
   
कुटनीतिक सम्बन्धमा केही असर पर्दैन : प्रवक्ता पोखरेल
परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले राजदूत फिर्ता र राष्ट्रपतिको भ्रमण स्थगन ठूलो ठूलो मुद्दा होइन भनेका छन् । पोखरेलले हाम्राकुरासंग भने, ‘राजदूत फिर्ता गर्नु नियमित प्रक्रिया हो, कुटनीतिक सम्बन्ध र मर्यादामा केही असर पर्दैन ।’ राष्ट्रपतिको भ्रमण नहुने भन्ने होइन स्थगन मात्रै भएको हो । पोखरेलले थपे, ‘फेरि केही गरी वातावरण मिले राष्ट्रपतिको भ्रमण हुन्छ ।’ सुध्रिएको भनिएको भारतसंगको सम्बन्ध के हुन्छ ? जवाफमा उनले भने, ‘केही फरक पर्दैन, यो दिपकुमारको हमा मात्रै हैन, अन्यको हकमा पनि लागु हुन्छ ।’
 
परराष्ट्रसंग समन्वय गरेनन् रे हो ? पोखरेलले समन्वय गरे नगरेको बारे कुन विषयमा कुरा आएको हो त्यो राम्ररी नहेरी भन्न सकिँदैन, बुझेर मात्रै भनौंला–भने । पूर्व राजदूत तथा परराष्ट्र मामिलाका जानकार भेष बहादुर थापाले भने, यो गन्जागोलबारे राम्ररी नबुझि बोल्न नहुने बताए । उनले भने, ‘राम्ररी कुरो बुझेको छैन, कठिन परिरिस्थति छ, म यसबारे राम्ररी नबुझि बोल्दिन ।’  
 
प्रधानमन्त्री ओलीले राजदूत उपाध्यायलाई काठमाडौंमा भएका बेला ओली सरकार परिवर्तनको खेलमा संलग्न भएको, परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नदिई आफूखुसी कामकारबाही गर्ने गरेको र परराष्ट्र मन्त्रालयलाई जानकारी नदिएर नेपालका लागि भारतीय राजदूत रणजित रायसंग कार्यक्रमका लागि सुदूरपश्चिम गएको आरोप लगाएका छन् । यस्तै, परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिको भ्रमण केही आन्तरिक कारण स्थगन भएको हो । रद्द नै भएको भन्न नमिल्ने अधिकारीहरुले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ