arrow

बाबुराम भट्टराई संसदमा !

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
Baburam-bhattrai-stage.jpg.jpeg
काठमाडौं । संविधान जारी भएसँगै संविधानप्रति असन्तुष्टि व्यक्ति गर्दै आफ्नो साँसद् पदबाट राजिनामा दिएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सात महिनापछि संसद् भवन नयाँबानेश्नर पुगेका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि पूर्वप्रधानमन्त्रीको हैसियतमा निम्तो पाएका भट्टराई सोही समारोहमा सहभागि हुनको लागि संसद् भवन जान लागेको भट्टराईका नीजि सचिव विश्वदीप पाण्डेले जानकारी दिए । 
 
पहिलो संविधान सभालाई आफ्नो प्रधानमन्त्री कालमा मध्य रातमा विघटन गराएका भट्टराई दोस्रो संविधानसभामा गोरखा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । त्यसपछि भट्टराईले सात महिना अघि संविधानको पक्षमा हस्ताक्षर गरेर पनि संविधान जारी तथा कार्यान्वयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सांसद् पदबाट समेत राजीनामा दिई नयाँशक्ति नेपाल अभियान थालेका छन् । अभियानको संयोजक रहेका भट्टराईले नयाँ शक्तिलाई दलको रुपमा दर्ता गर्ने तयारी गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ