arrow

अमेरिकन पेस्तोलसहित पक्राउ पर्ने दुई सार्वजनिक

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ वैशाख २६ आइतबार
pistol-new.JPG.jpeg
विराटनगर । हतियार सहति पक्राउ परेका दुई जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ  । आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी विराटनगर ११ का ३३ वर्षीय न्दिप प्याकुरेल र जीवन तामाङलाई सार्वजनिक गरिएको हो । उनीहरुको साथबाट प्रहरीले अमेरिकन पेस्तोल र त्यसमा लाग्ने एकथान म्याग्जिन समेत वरामद गरेको छ  । 
 
मोरङ प्रहरीका प्रही प्रमुख प्रहरी उपरिक्षक सुदिप भण्डारीका अनुसार विराटनगर १० स्थित कान्तिपुर होटलबाट उनीहरुलाई पेस्तोलसहित नियन्त्रणमा लिइएको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक पवनकुमार भट्टराईको नेतृत्वमा गएको प्रहरीको टोलीले गएराती १ बजे उनीहरुलाई नियन्त्रण्मा लिएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा गराइएको जानकारी अनुसार उनीहरुलाई हात हतियार तथा खर खजना ऐन अन्तर्गत मुद्धा चलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ