arrow

मधेस र जनजातीको एजेण्डै छैन भन्ने प्रधानमन्त्रीको नीति–कार्यक्रममा किन जाने ?

ओली झन पेल्दै : बन्द गर्नेले क्षतिपूर्ति तिर्नु पर्ने

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
Madhesi-morcha.jpg.jpeg
काठमाडौं । लगातार दुई पटक संसद बैठक बहिस्कार गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारको नीति तथा कार्यक्रम समेत बहिस्कार गरेको छ । संसदको दोस्रो अधिवेशन सुरु भए लगत्तै मोर्चाले संसद बहिस्कारको कार्यक्रम अघि सारेको थियो । 
 
लगातार तेस्रो पटक संसद बहिस्कार गर्ने क्रममा मोर्चाले आइतबार सरकारको नीति तथा कार्यक्रम बहिस्कार गरेको हो । किन बहिस्कार गर्नु भो नीति तथा कार्यक्रम ? जवाफमा सद्भावना सह–अध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘नीति तथा कार्यक्रम प्रधानमन्त्रीकै हो, मधेस र जनजातीको एजेण्डा नै छैन भन्ने प्रधानमन्त्रीको कार्यक्रममा किन जाने ? ।’ कर्णले भने आफुहरुलाई यो सरकारले झन् बेवास्ता गर्दै गएको  बताए । 
 
यस्तै, तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लालले आफुहरु बहिस्कारको आन्दोलनकै क्रममा रहेको बताए । उनले भने, ‘हाम्रा मुद्दा बर्तमान सरकारले सुनेकै छैन, हामी आन्दोलनमै छौं ।’
 
बन्द गर्नेले क्षतिपूर्ति तिर्नु पर्ने
राजनीतिक सहमति गर्नु पर्ने समयमा अझै पनि आन्दोलन बन्द हड्ताल भइरहेको भन्दै सरकारले नीति तथा कार्यक्रममै बन्द हड्ताल जस्ता क्रियाकलापलाई निषेध गर्ने नीति अघि सारेको छ । मधेस एवं संघीय गठबन्धनकै आन्दोलनलाई मध्यनजर गर्दै सरकारले बन्द गर्नेलाई क्षतिपूर्ति तिराउने कडा नीति समेत ल्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ