एजेन्सी । चीनको लाइभ स्ट्रीमिङ्ग सर्भीसेसले मानिसहरुलाई "कामुक" ढंगले केरा खुवाएर भिडियोग्राफी प्रसारित गरेपछि रोक लगाइएको छ ।
बीबीसीका अनुसार नयाँ नियममा लाइभ स्ट्रीमिङ्ग साइट्सले आपत्तिजनक भिडियो प्रसारित नगरियोस भनेर २४ सै घण्टा अनुगमन गर्नुपर्नेछ । सो सुचीमा 'कामुक केरा खाने' पनि समावेश गरिएको छ ।
सरकारले केरा वाहेक स्टकिंग्स र सस्पेन्डर्स लगाउन पनि रोक लगाइएको छ । चीनीया अधिकारिहरुले यो कदम अनुपयुक्त इरेटिक कन्टेन्ट प्रसारणमा रोक लगाउनलाई गरेको जनाएका छन् ।
चीनको सांस्कृतिक मन्त्रालयका अनुसार पपुलर लाइभ-स्ट्रीमिङग प्लेटफर्म्सको जांच भइरहेको छ । लाइभ-स्ट्रीमिङग प्लेटफर्म्सले आम मानिसमा पोर्नोग्राफिक र भाइलेन्ट कन्टेंन्ट प्रसारित गरेको अनुमान गरिएको छ । जसले चीनको "सामाजिक नैतिकता" लाई नोक्सान पुर्याउछ ।