arrow

आकाशमा तैरिरहेको भेटिए सिटौला

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
sitaula-fnl-new.jpg.jpeg
पोखरा । कांग्रेस नेता कृष्ण प्रसाद सिटौला पार्टीको आन्तरिक समझ्दारी र अन्तरपार्टी समन्वयमा मात्र अब्बल छैनन् । सिटौला शान्त र शालिन पनि छन् । उनी आफु शान्ति र स्थायीत्व चाहने राजनीतिज्ञ हुँ भन्ने सन्देश दिन कार्यकर्ता भेटघाटका क्रममा देशका विभिन्न क्षेत्रमा पुगिरहेका छन्। 
 
यस्तै, शिक्षक संघको कार्यक्रममा सहभागि हुन स्याङजा पुगेका नेता सिटौलाले राजनीतिक सहमतिमा मात्रै जोड दिएनन् । कार्यकर्तालाई निकै प्रफुलित बनाए । कार्यकर्ताहरुले सिटौलाको व्यक्तिगत स्वभावबारे खुलेरै कुरा गर्छन् । यस्तै, सिटौला राजनीतिक भेटघाटमा मात्रै सिमित रहँदैनन् । 
 
पहिले–पहिले फुटसलमा अधिक देखिने सिटौला स्याङजाबाट फर्किंदा पोखरामा आकाशमा तैरिरहेका भेटिए । सिटौलाले प्याराग्लाइडिङ्को मनोरन्जन लिन काठमाडौंबाट पत्नीलाई समेत पोखरा बोलाए । तर, उनकी पत्नीले भने प्याराग्लाडिङ् चढ्न इच्छा गरिनन् । हेरेर साथ दिइन् । सिटौलाले भने, प्याराग्लाइडरसंग आकाशमा उडेर मनोरम दृष्यहरुको दृष्यावलोकनका साथ भरपुर मनोरन्जन लिए । जसले कार्यकर्तापनि निकै रमाए । 
 
सिटौला अहिले कार्यकर्ता भेटघाटकै क्रममा देशका विभिन्न ठाउँमा पुगिरहेका छन् । कांग्रेसको पार्टी सभापतिका उम्मेद्वार समेत बनिसकेका सिटौला अझै राजनीतिक सहमति र सहकार्यमा जोड दिइरहेका छन् । सिटौलाले संविधान निर्माण र शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ