arrow
ADVERTISEMENT

महामारी नियन्त्रणमा निष्क्रिय रहेको भन्दै मुख्यमन्त्री डोरमणी बिरुद्ध लेखेको प्रकाश लुइँटेल पक्राउ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २ मंगलबार
dormani.JPG

काठमाडौं। वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबिरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै मकवानपुर प्रहरीले भूगर्भविद प्रकाश लुइँटेललाई पक्राउ गरेको छ । 

मुख्यमन्त्री पौडेलको ठाडो निर्देशनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले भुगर्भविद लुइँटेललाई सोमबार पक्राउ गरेको हो । 

पाल्पा घर भइ हाल काठमाडौं बस्दै आएका लुइँटेल राष्ट्रिय गौरवको आयोजना काठमाडौं-निजगढ द्रुत मार्ग (फास्ट ट्र्याक) मातहत मकवानपुरको कोलखोप अन्तर्गत टनेल क्षेत्रमा कार्यरत थिए ।

उनले जेठ २२ गते मुख्यमन्त्री पौडेलले कोरोना महामारी रोकथामका लागि सामान्य वक्तव्यसम्म ननिकालेको भन्दै संघियताको औचित्य नभएको फेसबुकमा लेखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ