arrow

दाह्री पालेर भारत नजानुस्

logo
प्रकाशित २०७३ वैशाख २७ सोमबार
beard-style.jpg.jpeg
काठमाडौं। छिमेकी मुलुकको नाताले खुल्ला सीमाना रहको नेपाल र भारतबीच आवतजावतको लागि कुनैपनि अवरोध नहुँदा नेपाली नागरिक कुनैबेला पनि भारत जाने र भारतीय नागरिक कुनैपनि बेला नेपाल आउन सक्छन्। तर, कुनैपनि बेला भारतीय नाकाका प्रहरीहरूको कडाईले नेपालीलाई समस्या सिर्जना पनि नगर्ने गरेको भने होईन। कुनैबेला जस्तोसुकै मानिसलाई पनि निगरानी समेत नगर्ने भारतीय प्रहरी अहिले भने आफ्नो मुलुकको सुरक्षा संवेदनशीलतामा गम्भीर देखिन्छन् र त्यही बेला नेपालीहरू उनीहरूले दिएको झमेलाको शिकार बन्ने गर्दछन्।
 
व्यक्तिगत कारणले केहीदिन अघि नेपालबाट भारततर्फ लाग्दा भारतीय प्रहरीको निशानामा परेपछि एउटा रिपोर्टरको डायरीबाट यो अनुभव जन्मिएको छ। त्यसो त त्यो पहिलो नाका र पहिलो पटक भारतीय भूमि प्रवेश गरेको पनि होइन। यस भन्दा अगाडि पनि वीरगञ्जको रक्सौल नाका, सप्तरी तथा विराटनगरको रानी भन्सार नाकासँगै भैरहवाकै सुनौली नाकाबाट पनि भारत नगएको भने होइन। 
 
तर, पछिल्लो पटक भारत जाँदा भने आफू स्वयं भरतीय प्रहरीको निशानामा परेपछि भने भारतीय प्रहरीको असलियत स्पष्ट भएको छ। 
 
त्यसो त कुनै शंकास्पद सामग्री भेटेको आधारमा ती प्रहरी अधिकारीले सोधपुछ भरेको पनि होईन। बढी सोधपुछ गर्नुको एउटै मात्रै कारण थियो, दाह्री पालेको। लामालामा दाह्री देखेपछि ती अधिकारीलाई पनि कुन्नी के मन चलेछ कि के हो, अनावश्यक सोधपुछ सुरू गरिहाले। पहिलो प्रश्न नै स्लामिक स्टेट(आइएस)मा भर्ति हुन जान लागेको हो कि के हो? भन्ने प्रश्न एकाएक ममाथि फैलिएपछि भने सिंगो भारतीय प्रहरी प्रशासन समेत कतिसम्म त्रसित छ भन्ने पनि स्पष्ट भयो। 
 
त्यसो त दाह्री पालेरै पनि अरू मान्छे पनि भारत तर्फ नलागेका पनि होइनन्। तर, ती व्यक्तिसँग सोधपुछ गर्नको लागि ती प्रहरी अधिकारीसँग समय नै कहाँ थियो र उनले उनीसँग कुनै सोधपुछ समेत नगरी फिर्ता पठाईदिए। तर, दाह्री पालेर गएको कुनैपनि व्यक्तिसँग भने कुनैपनि बेला भारतीय प्रहरीले बढी सोधपुछ गरेर दुःख दिन सक्छन्। त्यसैले भारत जानेबेलामा तपाईलाई दाह्रीले नै झमेलामा फसाउन सक्छ। त्यसैले दाह्री पालेर भारत नजानुहुन सबैमा अनुरोध छ। 
 
भारतबाट फर्किएपछि सुदर्शन अर्याल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ