काठमाडौं । कांग्रेस महामन्त्री डा. सशाङ्क कोइराला अमेरिकाको नीजि भ्रमण सकेर सोमबार शिकागोबाट नेपाल फर्कदै छन् । अमेरिकामा रहदा महामन्त्री कोइरालाले नेपाली जनसम्पर्क समितिले न्यूयोर्क, भर्जिनिया, डालस, साउदेन क्यालिफोर्निया, नर्दन क्यालिफोर्निया र शिकागोमा गरेका कार्यक्रलाई सम्बोधन गरेका थिए । कोइराला अमेरिका पुग्नुअघि नेपाली जनसम्पर्क समितिमा केही किचोलोहरु थिए ।
जसकारण भ्रमणलाई अर्थपूर्ण ढंगले हेरिएको थियो । महामन्त्री निर्वाचित भएपछि पहिलो अमेरि भ्रमण गरेका कोइरालाले न्युयोर्कमा जन सम्पर्क समितिको विवाद मिलाए । सो कदमपछि अमेरिका भर नै उत्साह जाग्यो ।
समान्य भन्दा अलिक बडी नै कांग्रेसका कार्यक्रताहरू को जमघट कोइराला सहभागि कार्यक्रममा देखियो । न्युयोर्कको २ दिने बसाई र कार्यक्रमपछि अमेरीकाबाट महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला सहित कोइराला भर्जिनिया हँुदै नायग्रा फल्सको अवलोकन गर्न निस्किए । बफ्ल्लो एयरपोर्टबाट डालस हानिए ।
यस्तै, महासमिति सदस्य हरिबोल भण्डारीसहित क्यालिफोर्निया हुँदै शिकागो पुगेका कोइराला फर्किन लागेका छन् । अमेरिकामा सबै जसो कार्यक्रमा वीपी पुत्रलाई भेट्ने र तस्विर खिचाउनेको तछाड मछाड नै रहयो । महामन्त्री कोइरालाले आफु विगतको व्यक्ति भएको र भविष्य बोकेर अगाडी बडेकोले सच्चा कांग्रेस बनेर सहयोग गर्न समेत अनुरोध गरे ।
भ्रमण क्रममको अन्तिम कार्यक्रम शिकागोमा भयो । सो कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेस नेपालको सबै समस्या हल गरेरे नेतृत्व गर्न सक्षम रहेको बताए ।