arrow

कालीकोटमा थप १४ जनामा कोरोना संक्रमित

logo
रासस,
प्रकाशित २०७७ असार ३ बुधबार
corona-test-nepalgunj.gif

मान्म। कालीकोटमा थप कोरोनाका १४ संक्रमित फेला परेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो।

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं २ का १९, २१, २१, २४, ३८ र  ६० वर्षीय पुरुष तथा वडा नं ३ का २३, ४२ र  ५० वर्षीय पुरुष र  १८, २२, ५१ वर्षीया महिलामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए।

कोराना संक्रमित आइसोलेशनमा छन्।  ‘संक्रमितको संख्या ४३ छ जसमध्ये १ जना बाजुराका छन् ’, उनले भने, ‘२५ जना निको भएर घर गइसक्नुभएको छ । हाल आइसोलेशनमा १८ भर्ना हुनुभएको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ