arrow

म्याग्दीमा जीप दुर्घटना, पाँचको मृत्यु

logo
प्रकाशित २०७३ वैशाख २७ सोमबार
Myagdi-hamrakura.jpg.jpeg
म्याग्दी । म्याग्दीको निस्कोटमा जीप दुर्घटना हुँदा पाँच यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच घाइते भएका छन् । ४ महिला र १ पुरुषको घटनास्थलमै मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ । घटनास्थल टाढा रहेकाले मृतकको पहिचान गर्ने टोली समयमा पुग्न नसकेकाले मृतकको पहिचान हुन नसकेको बताइएको छ ।
 
१० जना यात्रु रहेको ग १ ज ५१०६ नम्बरको बोलेरो जीप दरवाङबाट निस्कोट गइरहेको प्रहरीले जानकारी दिएको छ । निस्कोट उलिवाङमा जीप दुर्घटना भएको र घाइते पाँचैलाई उद्धार गरी जिल्ला अस्पताल ल्याइएको जनाइएको छ । सडकबाट करीब एक सय मिटर तल मिटर खसेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ