arrow

म्याग्दी जीप दुर्घटना : मृतक पाँचैको सनाखत

logo
निर्मल खत्री,
प्रकाशित २०७३ वैशाख २७ सोमबार
Niskot-Accident.jpg.jpeg
म्याग्दी ।  म्याग्दीको निस्कोट गाविस –४ कोदालीबाङमा सोमबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् । दरबाङबाट निस्कोट गाउँ जादै गरेको ग १ ज ५१०३ नम्बरको जीप दुर्घटना हुँदा चालक ताकम–८ का मनबहादुर छन्त्याल, निस्कोट ४ की भौमती बिक, निस्कोट–४ की श्यानुकली विक, सुनमायाँ विक र निस्कोट–८ की चुइयाँ विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 
 
गम्भीर घाइतेहरुको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । प्रहरीका अनुसार, निस्कोटकी सविता विक, सविन गोतामे, भूमिका पुन, उनकी ७ महिनाकी छोरी र निस्कोट–७ का तुलमान पुन घाइते छन् । ‘अधिकाँश घाइतेको अवस्था गम्भीर नै छ, यहाँ सुधार भएन भने पोखरा रिफर हुन्छ’ प्रनाउ खड्काले भने, ‘साघुरो र जीर्ण सडक त्यसमाथि घुम्तीमा टर्निङ नपुगेर दुर्घटना भएको देखिएको छ ।’ विशेष अवसरहरु मात्रै सञ्चालनमा आउने उक्त सडक एकदमै जीर्ण छ । 
 
उद्धारका लागि प्रहरीले लगेको गाडी अघि बढ्न नसकेपछि बीच बाटोमै छोडेर प्रहरी पैदल मार्फत घटनास्थल पुगेका थिए । दुर्घटनापछि दरबाङबाट प्रहरीको साथमा रेडक्रसकर्मी घटनास्थल पुगेका थिए । जीप सडकबाट करिब ७० मिटर तल खसेको स्थानीयवासीले जानकारी दिएका छन् । ट्रयाक मात्रै खोलिएका सडकमा जर्वरजस्त सवारी साधन सञ्चालन गर्दा दुर्घटना भएको देखिएको घटनास्थल पुगेका दरबाङका रेडक्रसकर्मी मोतीराम उपाध्यायले बताए । ‘अरु बेलामा यो रुटमा सवारीसाधन सञ्चालन हुदैन् तर ओभरलोड सहित जान खोज्दा यस्तो भएको देखियो’ उनले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ