arrow

गल्ती प्रचण्डको, कारवाही दिपकुमारलाई !

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
oli-deep-kumar.jpg.jpeg.jpeg
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागेपनि त्यसको सँजाय भने दिपकुमार उपाध्ययलाई भएको छ । सरकार ढाल्ने चलखेल गरेको भन्दै भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई सरकारले प्रतिशोधपुर्ण तरिकाले कारवाही गरेको हो । जवकी सरकार ढाल्ने चलखेल दिपकुमारले गरेको भन्ने कुरा सरकारले वाहेक अन्य कसैले भन्न सकेको छैन । सरकारले पनि स्पष्टसंग भन्न सकेको छैन ।
 
सरकार ढाल्ने चलखेलका कुरा अनौपचारिक आरोप मात्रै भएको छ, दिपकुमार माथी । अनौपचारिक, अपुष्ट, अनुमान र कसैले स्पष्टसंग किटान गर्न नसकेको आरोप लगाएर दिपकुमार माथी सरासर अन्याय भएको छ । कारवाही हुदा लागेको आरोपको पुष्टी हुनु पर्ने आधारभुत मर्म र मान्यता भएपनि सरकारले त्यसको पुष्टी नै नगरी दिपकुमारलाई कारवाही स्वरुप स्वदेश फिर्ता गरेको छ । ओली सरकारको यस कदमलाई अधिकांशले पुर्वाग्रही, अपरिपक्व, आधारहिन र झोकको भरमा गरेको निर्णयका रुपमा बुझेका छन् । 
 
सार्वजनिक रुपमा धेरै नेताहरुले भने अनुसार सरकार ढाल्ने षड्यन्त्र एमाओवादी अध्यक्ष प्रचण्डले नै बनाएका हुन् । विभिन्न नेताहरुको आरोपलाई अध्यक्ष प्रचण्डले नै पुरै अस्विकार गर्न र खण्डन गर्न सकेका छैनन् । प्रचण्ड आफैले निकालेको विज्ञप्तीले पनि आफुले सरकारको नेतृत्व गर्न काँग्रेसको सहयोगको अपेक्षा गरेको कुराको पुष्टी गरेको छ । उनको विज्ञप्तीले ओली सरकार ढाल्ने चलखेल र षड्यन्त्र प्रचण्डले कति डरलाग्दोसंग गरेका थिए भन्ने कुरा जगजायर नै छ । तर उनलाई ओलीले कारवाही होईन पुरस्कृत गरेका छन् । 
 
उनलाई अहिले केहीसमय सरकार नढाल्न अनुनयविनय गर्दैै केही हप्ता पछि सरकारको नेतृत्व नै दिनेगरी ओलीले पुरस्कृत गरेका हुन् । अहिलेको भुमीकामा आफु मातहतको एक जना निरिह कर्मचारी र यसअघि राजनितिक समकक्षीमाथी ओलीले असह्य अन्याय गरेका छन् । 
 
ओलीको यो कदमले यो मुलुक यस्तै षड्यन्त्र गर्ने पुरस्कृत भई हालीमुहाली चलाउछ भने इमान्दारीतापुवर्क जिम्मेवारी निर्वाह गर्न खोज्नेहरु कारवाहीमा परी लखेटिनु पर्ने नियतीमा पुग्छन् भन्ने पुर्नस्मरण गराएको छ । षड्यन्त्रकारी पुरस्कृत हुने र इमान्दार व्यक्ती कारवाहीमा पर्नुलाई स्वभाविक मानिएपछि कसरी इमान्दारीताका लागि प्रेरणा मिल्छ ? अनी लाग्दैन त जो कोही पनि षड्यन्त्र र जालझेल तर्फ ? यी नेताहरुले नै आम नागरिकलाई कस्तो भूमीका खेल्दा कस्तो नतिजा आउछ भन्ने सन्देश यसैगरी दिई नै रहेका छन् । मुलुकमा षड्यन्त्र र जालझेल फस्दाउदै जानुमा ओलीका जस्ता गलत र पुर्वाग्रही निर्णयले धरै असर पारेको छ । 
 
दिपकुमारलाई फिर्ता बोलाउने निर्णय लिने अवस्थामा ओली पुग्नुको पछाडी काँग्रेस नेतृत्वको पनि केही दोष देखिन्छ, जवकी दिपकुमार यसमा पनि निर्दोष नै मानिन्छन् । काँग्रेस सभापति शेरबहादुर देउवा केहीदिनको दिल्ली भ्रमण सकेर स्वदेश फर्किनासाथ सरकार परिवर्तनको चलखेल गरेपछि भारतबाट यसको तयारी भएको हो भन्ने देखिएकाले पनि दिपकुमार सिकारमा परेका हुन् । जवकी काँग्रेसले भारतमा यस्को तयारी भएको हो भन्ने देखिने व्यवहार गर्नु हुदैन थियो । 
 
तत्कालिन प्रधानमन्त्री सुशील कोईराला नेतृत्वको सरकारले राजदुतमा नियुक्त गरेका उपाध्यायले भुकम्पपछि नेपालमा भारतबाट सहयोग जुटाउन प्रशंसनीय भूमीका खेलेका थिए । त्यसैगरी नेपाल र भारतका विचमा भएको अघोषित नाकाबन्दी खुलाउन पनि उपाध्यायले उल्लेखनीय योगदान गरेका थिए । साथै प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई सफल बनाउन उपाध्यायको ठुलो मेहनत रहेको त्यतिवेला अधिकांशले महशुष गरेकै थिए । अहिले राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणलाई सफल र भव्य बनाउन खटिईरहेकै बेला उनलाई थाह नै नदिई राष्ट्रपतिको भ्रमण स्थगीत गर्नु र उपाध्यायलाई फिर्ता बोलाउनु उनीप्रतिको पुर्वाग्रही, प्रतिशोधपुर्ण, अपरिपक्व, गैरकुटनितिक निर्णय गरेर ओलीले कुटनितिक क्षेत्रमा कुख्याती थपेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ