बाँकेको राप्ती नदीले खतराको तह पार गर्यो, सबैलाई सुरक्षित रहन प्रशासनको आग्रह
सौरभ गिरी,
प्रकाशित २०७७ असार ६ शनिबार
867
Shares
नेपालगन्ज। बाँकेमा राप्ती नदीले खतराको सतह पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।
बाढी मापन केन्द्र कुसुममा गरिएको मापनमा बेलुकी ६ बजे पानीको सतह ५ मिटर ६३ सेन्टिमिटर पुगेको छ । पानीको सतह बढ्दै गएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।
दाङ, रोल्पा, प्युठान लगायतका क्षेत्रमा लगातार वर्षा भइरहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले आग्रह गरेका छन् ।