arrow

हिजो प्रचण्ड लडिरहँदा महन्थ ठाकुर, राजेन्द्र महतोहरु कहाँ थिए ? : यादव

मधेसप्रति अर्थ मन्त्रालय पूर्वाग्रही

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
sinchai-mantri.jpg.jpeg

महोत्तरीे । सिचाई मन्त्री उमेश कुमार यादवले विगतमा विभिन्न दलका थुप्रै मन्त्रीहरु सिँचाई मन्त्री बनेपनि तराई मधेशको बारेमा कसैले नसोचेको जिकिर गरेका छन् । एमाओवादीले सिँचाई मन्त्रालय पाउने वित्तिकै सबभन्दा पहिले तराई मधेशका लागि विशेष कार्यक्रम ल्याएको बताउँदै मन्त्री यादवले अझै यो कार्यक्रम असफल होस् भनि दलहरु लागेको ठोकुवा गरे ।

सोमबार महोत्तरीमा अखिल नेपाल किसान महासंघ (क्रान्तकारी)ले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले समृद्ध तराई मधेश सिंचाई विशेष कार्यक्रमले बजेट शीर्षक पाए पनि हालसम्म बजेट नदिएर अर्थ मन्त्रालयले मधेसप्रति पूर्वाग्रही गरिरहेको बताउँदै मन्त्री यादवले भने,  ‘बजेटका लागि मैले संघर्ष गरिरहेको छु । बजेट पाउनेमा म विश्वस्त छु ।’ अर्थ मन्त्रालयले बजेट नदिएपनि आफूले अन्य शीर्षकहरुबाट पनि यो कार्यक्रम कार्यान्वयनमा ल्याउने समेत यादवको प्रतिवद्धता छ ।

समृद्ध तराई विशेष कार्यक्रम सफल पार्नका लागि मन्त्रालयले आफ्नो कार्य तीब्र रुपमा अघि बढाएको जानकारी गराउँदै उहाँले आफूले तराई मधेशका लागि मात्र होइन हिमाल पहाडका लागि पनि कार्यक्रमहरु ल्याएको बताए ।  पहाडका लागि टार विशेष सिचाई योजना कार्यक्रम ल्याएको बताउँदै मन्त्री यादवले जनताको खेतसम्म सिँचाई लैजानका लागि आफ्नो हरसम्भव प्रयास जारी रहने र यसमा किसानहरुको पनि पूर्ण सहयोग हुनुपर्ने बताए ।

त्यस्तै, चतरामा व्यारेज निर्माण, सुन कोशी कालीगण्डकी डाइभर्सनलगायतका निर्माण कार्यको प्रकृया पनि शुरु भएको पनि यादवले जानकारी गराए । एमाओवादीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री यादवले एक फरक प्रसंगमा भने, ‘तराई मधेशको मुक्ति एमाओवादीबाट मात्र सम्भव छ ।’ माओवादीले जनयुद्ध नगरेको भए आज धर्म निरपेक्षता, गणतन्त्र, संघीयताको अतोपतो हुने थिएन, गणतन्त्रको लागि एमाओवादीका अध्यक्ष प्रचण्ड लडिरहँदा राज्यले उहाँको टाउकोको मूल्य तोकेको थियो त्यो बेला महन्थ ठाकुर, राजेन्द्र महतोहरु कहाँ थिए भनि यादवले प्रश्न गरे ?

आज उनीहरुलेनै माओवादीलाई प्रतिगामी शक्तिहरुसँग मिलेर घेरा हाल्ने प्रयास गरिरहेको आरोप लगाए । माओवादी बारुदको ढेरमा बसिरहेको छ, माओवादी समाप्त भयो भने त्योसँगै अरु सबै समाप्त हुने यादवको धारणा छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ